२०८१ बैशाख ७, शुक्रबार
नयाँ
पछिला अपडेट

कोल्हुवामा मुख्यमन्त्रीको उपस्थितिमा ज्यानसनको खोप शुरु

२०७८ श्रावण ५, मंगलबार प्रकाशित ( साल अघि) ११७१ पाठक संख्या

कोल्हुवा । गण्डकी प्रदेशका मुख्य मन्त्री कृष्णचन्द्र नेपालीको उपस्थितिमा नवलपुरमा ज्यानसनको खोप लगाउन सुरु गरिएको छ।

सोमबार जिल्लाको मध्यविन्दु नगरपालिका व.न २ मा रहेको नवलपुर स्वास्थ्य चौकी कोल्हुवामा अपाङ्गता भएका समूहका १२ जना व्यक्तिहरुलाई गण्डकी प्रदेश सरकारका माननीय मुख्यमन्त्रि कृष्णचन्द्र नेपाली पोखेलज्यूको प्रमुख आतिथ्यमा सेवा प्रदान गरी ज्यानसन खोप कार्यक्रमको शुभारम्भ गरिएको हो ।

Received_134814988711903

जिल्लाका लागी १५ हजार डोज ज्यानसन खोप आएको र उक्त खोप खोप व्यवस्थापन तथा अनुगमन समितिको निर्णय अनुसार लगाईने जिल्ला स्वास्थ्य कार्यालय नवलपुरका प्रमुख केशव चापागाईले बताउनुभयो ।

कार्यक्रममा  प्रजिअ एवं जिल्ला खोप व्यवस्थापन तथा अनुगमन समितिका अध्यक्ष मनमाया भट्टराई पगेनीको अध्यक्षतमा सम्पन्न उक्त कार्यक्रममा प्रदेश सभाका माननीय विष्णु लामिछाने र माननीय ओमकला गौतमको समेत उपस्थिति रहेको थियो ।

FB_IMG_1626696094126

खोप तथा समग्र जिल्लाको स्वास्थ्य अवस्थाको बारेमा स्वा कार्यालयका प्रमुख केशव प्रसाद चापागाईद्वारा जानकारी गराउदै सम्पूर्ण अतिथिहरुलाई स्वागत गर्नुभएको थियो ।

नेपालमा अहिलेसम्म आएको खोप २ डोज लगाउनु पर्ने हुन्छ भने जोनसोन एण्ड जोनसोन खोप १ डोज लगाए पुग्ने छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित

प्रतिक्रिया दिनुहोस