२०८० चैत्र १६, शुक्रबार
नयाँ
पछिला अपडेट

वडा कार्यालय भवनको उद्घाटन

२०७८ श्रावण ५, मंगलबार प्रकाशित ( साल अघि) १३३७ पाठक संख्या

कोल्हुवा । नवलपुरको मध्यबिन्दु नगरपालिका–२ को नवनिर्मित वडा कार्यालय भवन उद्घाटन गरिएको छ ।

सोमबार गण्डकी प्रदेशका मुख्यमन्त्री माननिय कृष्णचन्द्र नेपाली पोखरेलले नवनिर्मित वडा कार्यालय भवनको उद्घाटन गर्नुभएको हो।

Received_2006179452864572

मुख्यमन्त्री पोखरेलले उक्त भवन शुभारम्भ गर्दै मध्यबिन्दु नगरभित्रका समस्याको विषयमा नारायणी नदी देखी स-साना समस्याबाट आफु परिचित रहेको बताउनुभयो ।

मध्यविन्दु नगरपालिकाको रु ५५ लाखको लागतमा सो चार कोठे भवन निर्माण गरिएको हो । कार्यालय भवनको उद्घाटन गर्दै मुख्यमन्त्री पोखरेलले सेवाग्राहीलाई हुने सेवा प्रवाह प्रभावकारी र सेवाग्राही मैत्री बन्नुपर्ने बतानुभयो ।

Received_2910399485865190

त्यस्तै वडाध्यक्ष नारायण पौडेलले साविक कोल्हुवा गाविसबाट सेवा प्रभाह गर्दै आईरहेको भए पनि सो भवन जिर्ण भएको हुँदा नयाँ भवनबाट जनतालाई सहज रूपमा सेवा दिन भवन निर्माण गरिएको बताउनुभयो ।

वडा कार्यालय निर्माण गर्नमा सहयोग गर्ने सबैप्रति अभार प्रकट गर्दै नारायणी नदीको कटानबाट वर्षेनी हजारौं मानिसहरु विस्थापित हुनुपरेको छ यो समस्याको समधान गर्न उहाँले मुख्यमन्त्रीसंग जोडदार माग गर्नुभएको छ ।

मध्यबिन्दु नगरपालिका वडा नं २ का वडा अध्यक्ष नारायण पौडेलको अध्यक्षतामा सुरु भएको कार्यक्रमको प्रमुख अतिथी मुख्यमन्त्री कृष्णचन्द्र नेपाली रहनु भएको थियो ।

त्यस्तै अतिथिहरु प्रदेश सांसद बिष्णु लामिछाने, माननीय ओमकला गौतम, प्रजिअ मनमाया भट्टराई पगेनी, माहसमिती सदस्य बिष्णु कार्की , नगरप्रमुख चन्द्र बहादुर राना , नगर उप प्रमुख ओमकुमारी महतो , सरकारी तथा गैरसरकारी कार्यालयका प्रमुख एवम् प्रतिनिधि, समाजसेवी, वुद्धीजीवि, पत्रकार लगायत विभिन्न तह र तप्काका व्यक्तिहरुको उपस्थिती रहेको थियो।

FB_IMG_1626703342614

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
१%

प्रतिक्रिया दिनुहोस