२०८१ बैशाख ६, बिहिबार
नयाँ
पछिला अपडेट

नवलपुरमा २४ घण्टामा ७३ संक्रमित, संक्रमितको संख्या ५०० नाघ्यो

२०७८ श्रावण ४, सोमबार प्रकाशित ( साल अघि) १४२७ पाठक संख्या

नवलपुर । नवलपुरमा ७३ जना नयाँ संक्रमित थपिएका छन् । स्वास्थ्य कार्यालय नवलपुरका अनुसार यो सहित नवलपुरमा सक्रिय संक्रमितको संख्या ५ सय २२ पुगेको छ ।

गैडाकोटमा ९ जना, देवचुलीमा २८ जना, कावासोतीमा ३७ जना, मध्यविन्दुमा २ जना, हुप्सेकोटमा २ जना, बुलिङटारमा १ जना र बौदीकालीमा १ जना नयाँ संक्रमित थपिएका हुन् ।

त्यसैगरी पछिल्लो २४ घण्टामा ४२ जना संक्रमित निको भएका छन् । नवलपुरमा कोरोनाका कारण १ सय ३४ जनाको निधन भएको छ भने ८ हजार २४ जना संक्रमित भएका छन् ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
१%१%२%१%

प्रतिक्रिया दिनुहोस