२०८१ बैशाख ७, शुक्रबार
नयाँ
पछिला अपडेट

नवलपुरमा आन्तरिक राजश्व कार्यालयको राजश्व असुली १८ प्रतिशत कम

२०७८ श्रावण ४, सोमबार प्रकाशित ( साल अघि) २११३ पाठक संख्या

कावासोती । गत आर्थिक बर्ष ०७७,९७८ मा नवलपरासी( सुस्तापूर्व) आन्तरिक राजश्व कार्यालयको राजश्व असुली १८ प्रतिशत कम संकलन भएको छ । कार्यालयका अनुसार आर्थिक वर्ष २०७७÷०७८ मा आन्तरिक राजश्व कार्यालय नवलपुरले २० अर्ब ३० करोड ९४ लाख ४० हजार रुपैयाँ राजश्व संकलन गर्नुपर्ने लक्ष्य पाएको थियो । तर लक्ष्यको ८१ दशमलव ८१ प्रतिशत अर्थात १६ अर्ब ६१ करोड ५९ लाख ३७ हजार रुपैयाँ कर संकलन गरेको हो ।

यो बार्षिक लक्ष्य संकलनको तुलनामा ८१ दशमलव ८१ प्रतिशत राजश्व संकलन हो । कार्यालयका सूचना अधिकारी अमृत अधिकारीका अनुसार । निषेधाज्ञा र कोरोना महामारीका कारण अन्तःशुल्कमा आएको कमीले लक्ष्य भेट्न कठिन भएको हो । विभिन्न व्यापारिक कम्पनीहरुले बजारमा वियर र मदिरा विक्रि वितरण गर्न नसकेपछि लक्ष्य हासिल गर्न नसकिएको सूचना अधिकारी अमृत अधिकारीले जानकारी दिनुभयो।

संकलित राजश्वमध्ये आयकर,मूल्य अभिवृद्धि करबाट भने लक्ष्यभन्दा बढि राजश्व संकलन भएको छ ।आयकरबाट १३२ दशमलव ८५ प्रतिशत अर्थात् ४६ करोड ३६ लाख ५१ हजार लक्ष्य लिएपनि ६१ करोड ५९ लाख ६३ हजार रुपैया राजश्व संकलन गर्न सफल भएको हो ।

मूल्य अभिवृद्धि करबाट १७६ दशमलव ९६ प्रतिशत अर्थात् २२ करोड ४ लाख ४० हजार लक्ष्य राखिएकोमा ३९ करोड ८५ हजार राजश्व संकलन गरेको छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित

प्रतिक्रिया दिनुहोस