२०८१ बैशाख १२, बुधबार
नयाँ
पछिला अपडेट

नवलपुरको कावासोतीमा तास खेलिरहेको अवस्थामा ६ जना पक्राउ

२०७८ श्रावण ४, सोमबार प्रकाशित ( साल अघि) ३७१३ पाठक संख्या

कावासोती । नवलपुरको कावासोती नगरपालिका ३ अठ्ठाइस बिगाहाबाट ६ जना जुवाडे पक्राउ परेका छन् ।

आईतबार साँझ जुवातास खेलिरहेको अवस्थामा उनीहरुलाई प्रहरीले पक्राउ गरेको हो ।

कावासोती नगरपालिका ३ अठ्ठाइस बिगाहा बस्ने शोभा बिकको घरमा तास खेलिरहेको अवस्थामा सोही ठाउँ बस्ने ३५ वर्षीय शेर बहादुर बिक लगायत ६ जनालाई आइतबार साँझ नवलपुर प्रहरीले पक्राउ गरेको छ ।

उनको घरमा जुवातास खलिरहेको भन्ने खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरीले उनीहरुलाई नगद १९ हजार २ सय ८५ रुपैयाँ र १ बुक तास सहित पक्राउ गरेको हो ।

उनिहरुलाई मुलुकी अपराध संहिता २०७४ को परिच्छेद ५ को दफा १ सय २५ बमोजिम कुुसुर अन्तर्गत अनुसन्धान अगाडि बढाईएको प्रहरीले जानकारी दिएको छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
११%१%८%५%३%१२%

प्रतिक्रिया दिनुहोस