२०८१ जेष्ठ २, बुधबार
नयाँ
पछिला अपडेट

कोरोना संक्रमणका कारण गैँडाकोटमा प्रधानाध्यापकको मृत्यु

२०७८ श्रावण १, शुक्रबार प्रकाशित ( साल अघि) १२४६ पाठक संख्या

गैँडाकोट । पूर्वि नवलपरासीको गैँडाकोटमा कोरोना संक्रमणका कारण एक विद्यालयका प्रधानाध्यापकको मृत्यु भएको छ । गैँडाकोट नगरपालिका वडा नं. १५ मा रहेको बालउदय आधारभूत विद्यालयका प्रधानाध्यापक राम प्रसाद लम्सालको कोरोना संक्रमणका कारण मृत्यु भएको हो ।

भरतपुर अस्पतालमा गरिएको कोरोना परिक्षणका क्रममा पोजेटिभ रिर्पोट देखिएको उहाँको उपचारको क्रममा चितवन मेडिकल कलेजमा गएराति ज्यान गएको पारिवारिक स्रोतले जनाएको छ ।

उता मध्यविन्दुका एक पुरुषको भरतपुर अस्पतालमा हिजो मृत्यु भएको छ ।मध्यविन्दु नगरपालिका वडा नं. १० घर भएका ४८ वर्षका कोरोना संक्रमित पुरुषको उपचारको क्रममा मृत्यु भएको मध्यविन्दु नगरपालिका स्वास्थ्य शाखाले जनाएको छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
१%२%

प्रतिक्रिया दिनुहोस