२०८१ बैशाख ३१, सोमबार
नयाँ
पछिला अपडेट

नवलपुरमा भेरोसेल खोप भोलिबाट लगाइने

२०७८ अषाढ ३०, बुधबार प्रकाशित ( साल अघि) १०६० पाठक संख्या

नवलपुर ।  चीन तथा अमेरिकाबाट ल्याइएको कोरोना विरुद्धको खोप भोलिबाट लगाइने बताएकाे छ । स्वास्थ्य कार्यालय नवलपुरका प्रमुख केशव चापागाईका अनुसार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोभ्याक्समार्फत अमेरिकी सरकारले नेपाललाई प्रदान गरेको १५ लाख डोज खोप र चीनबाट ल्याइएको ८ लाख डोज खोप भोलीबाट लगाइने बताएको हो ।

चापागाईका अनुसार भोलि गैडाकोट नगरपालिकाले खोप लगाउँदै छ भने यो खोप नवलपुरमा साउन ३ गते भित्र लगाइन सकिने छ ।

यस पटक ५५ बर्ष माथिका उमेर समूहका जेष्ठ नागरिक, चालक, सहचालक, शैक्षिक संस्थानका शिक्षक तथा प्रध्यापक, यस अघि खोप लगाउन तोकिएका समूहका छुटेका व्यक्तिहरुलाई खोप लगाउने जनाइएको छ ।

नवलपुरमा अहिलेसम्म २२ हजार जनाले खोप लगाएका छन् ति मध्ये करिब १४ हजार जनाले भारतबाट आएको कोभिशिल्डको दोस्रो डोज खोप लगाउन बाँकी रहेका छन् ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित

प्रतिक्रिया दिनुहोस