२०८१ बैशाख ७, शुक्रबार
नयाँ
पछिला अपडेट

भरतपुरमा माछा मार्न ह्युम पाइपभित्र पसेका श्रेष्ठ मृत भेटिए

२०७८ अषाढ २७, आईतबार प्रकाशित ( साल अघि) २१८१ पाठक संख्या

चितवन ।  चितवनमा माछा मार्न ह्युम पाइपभित्र छिरेर वेपत्ता भएका व्यक्ति मृत अवस्थामा फेला परेको छ ।

भरतपुर महानगरपालिका ३ बाह्रघरे स्थित सडकको नालाबाट नारायणी किनारामा ढल निकाशाको लागि गाडिएको ह्यूम पाईपभित्र छिरेका ३५ वर्षीय लाल बहादुर श्रेष्ठ मृत अवस्थामा फेला परेको हो ।

माछा मार्न ह्युम पाइपभित्र पसेका उनी बाहिर ननिस्किएपछि प्रहरीलाई खबर गरिएको थियो ।

आज १२ः२५ बजे ह्युम पाइपभित्र श्रेष्ठको शव भेटिएको जिल्ला प्रहरी कार्यालय चितवनले जानकारी दिएको छ । प्रहरीले डोजरको सहायतामा श्रेष्ठको शव फेला पारेको थियो ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
६%१%१%१४%४%

प्रतिक्रिया दिनुहोस