२०८१ बैशाख ३१, सोमबार
नयाँ
पछिला अपडेट

नवलपुरको मध्यविन्दुमा खोलामा डुबेर बालिकाको मृत्यु

२०७८ अषाढ २७, आईतबार प्रकाशित ( साल अघि) ३०४७ पाठक संख्या

चोरमारा । खोलामा खेल्ने क्रममा लड्दा डुबेपछि गम्भीर घाइते भएकी बालिकाको ज्यान गएको छ ।

नवलपुरको मध्यविन्दु नगरपालिका १५ बस्ने चिनमाया रानाकी ४ वर्षीया छोरी आकृती रानाको सोही ठाउँस्थित गोडार खोलामा डुबेर शनिबार दिउँसो मृत्यु भएको हो ।

खेल्ने क्रममा डुबेर गम्भीर घाइते भएकी उनको मध्यबिन्दु जिल्ला अस्पताल डण्डामा उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय नवलपुरले जनाएको छ ।

यस घट्नाको विषयमा स्थानीय प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
३%२%२७%२%

प्रतिक्रिया दिनुहोस