२०८१ बैशाख ३०, आईतबार
नयाँ
पछिला अपडेट

मध्यविन्दु नगर प्रमुख रानाद्वारा बाढी प्रभावित क्षेत्रको अनुगमन

२०७८ अषाढ २६, शनिबार प्रकाशित ( साल अघि) २१४२ पाठक संख्या

प्रियधन पाण्डे

चोरमारा । मध्यविन्दु नगरपालिकाका नगर प्रमुख चन्द्र बहादुर रानाले बिहिबारको अविरल वर्षा पछि आएकोले बाढीले कटान गरेको विभिन्न क्षेत्रको अवलोकन गर्नु भएको छ ।

मध्यविन्दु नगरपालिकाको नारायणी नदी तटीय क्षेत्र, गिरुवारी, अरुणखोला, गडार खोला लगायतका खोला तथा खोल्सीले कटान तथा डुवान गरेको क्षेत्रको नगर प्रमुख रानाले स्थलगत अनुगमन गर्नु भएको हो ।

बिहिबार आएको बाढीले मध्यविन्दु नगरपालिकाको २, ८, १२ र १५ नम्बर वडाको विभिन्न स्थानमा कटान तथा डुवान गरेको क्षेत्रको अनुगमन गर्दै नगर प्रमुख रानाले बाढीको कारण कटान भएको क्षेत्रमा कटान रोक्नको लागि नगरपालिकाको तर्फबाट आवश्यक कदम चाल्ने बताउनुभयो ।

डुवान तथा कटानको कारण पीडित भएका स्थानीयहरुलाई राहतको व्यवस्थापन गरिने प्रतिवद्धता समेत नगरप्रमुख रानाले सो क्रमलाई स्थानीयलाई जनाउनु भएको छ । अनुगमनमा नगरप्रमुख राना संगै सम्बन्धीत वडाका वडा अध्यक्ष सहित जनप्रतिनिधिहरुको समेत सहभागिता रहेको थियो ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
२%१%४%

प्रतिक्रिया दिनुहोस