२०८१ बैशाख २९, शनिबार
नयाँ
पछिला अपडेट

देवचुलीका भण्डारीको शव बौलाहा खोलाको किनारमा

२०७८ अषाढ २५, शुक्रबार प्रकाशित ( साल अघि) २२०३ पाठक संख्या

देवचुली । नवलपुरको बौलाहा खोलामा एक पुरुषको शव फेला परेको छ।

देवचुली नगरपालिका वडा नं १२ लक्ष्मीपुर नजिकैको बौलाहा खोलामा शव फेला परेको हो ।

मृतक पुरुषको शव देवचुली नगरपालिका वडा नं ३ केउरेनी बस्ने ३२ बर्षीय विजय भण्डारीको रहेको जनाईएको छ ।

Received_846394842636153

शुक्रबार एकाबिहानै ७:१५ बजे खोलामा शव तैरिरहेको अवस्थामा देखेपछि स्थानीयवासीले होहल्ला परेका थियो। भण्डारीले खोलाबाट बगाएर ल्याएको दाउरा समात्न जाँदा मृत अवस्थामा फेला परेका हुन ।

स्थानीयले अस्थायी प्रहरी पोष्ट दलदलेलाई खबर गरेपछि प्रहरीको टोली घटनास्थलमा पुगेको थियो।

अहिले मृतकको शवलाई पोष्टमार्टमको लागि मध्यविन्दु जिल्ला अस्पताल लगिएको अस्थायी प्रहरी पोष्ट दलदलेका प्रमुख धुव्र श्रेष्ठले जानकारी दिनुभयो ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
१%१%६%२%

प्रतिक्रिया दिनुहोस