२०८१ बैशाख २९, शनिबार
नयाँ
पछिला अपडेट

नवलपुर : पूर्वपश्चिम राजमार्ग अझै खुलेन, वर्षाको कारण लाखौको क्षति

२०७८ अषाढ २५, शुक्रबार प्रकाशित ( साल अघि) २५२५ पाठक संख्या

कावासोती । बुधवार देखि परिरहेको वर्षाको कारण नवलपुरको कावासोती नगरपालिका २ जिल्ला बन कार्यालय अगाडीको कल्भर्ट भत्किनगई पूर्व पश्चिम राजमार्ग बाटोमा अवरोध पुगेको छ।

हिजो बिहानदेखि भत्किएको राजमार्ग मर्मतको लागि चाइना स्टेट कल्सटक्र्जन नारायणगढ बुटवल रोड प्रोजेक्टसँग समन्वय भैरहेको जिल्ला प्रहरी कार्यालय नवलपरासी (पूर्व) का सूचना अधिकारी प्रहरी नायब उपरिक्षक दिलिप गिरीले जानकारी दिनुभएको छ ।

ह्युमपाइप राखेर ग्राबेल गरेर मर्मतको काम भइरहेको र आजैबाट राजमार्ग सुचारु गराउने उहाँले बताउनु भयो । पूर्वपश्चिम राजमार्ग अवरुद्ध भएपछि डिभिजन वन कार्यालय नजिकबाट दक्षिणतर्फ रिठ्ठे पानी हुँदै लोकाहा पुल निस्किने घुमाउरो साना साना रुड्को बाटोबाट गाडीहरू पास भैईरहेका छ्न ।

Received_507323313859261

यसैगरी बुधवार बेलुकाको अबिरल वर्षाको कारण कावासोती २ मा रहेको प्रकाश इन्टरप्राइजेजको गोदाममा समेत असर पुगेको छ । सो गोदाममा रहेको २०० बोरा सिमेन्ट भिजेको, गिटी बालुवा बगानुका साथै गोदाममा रहेको रड र पानी ट्याङ्किमा समेत असर पुगेको बताइएको छ । करिब २१ लाखको क्षति भएको सञ्चालक प्रकाश सापकोटाले नवलपुरन्युजलाई जानकारी दिनुभएको छ । यसैगरीे सोहि स्थानमा रहेको राइसमिलमा समेत पानी पसेको बताइएको छ ।

Received_617882942936260

स्थानिय बाडखोलामा पानीको वहाव बढेसँगै वरिपरिका बस्तीहरुमा समेत असर पुगेको छ । कावासोती १० रतौल स्थित स्थानिय तेज नारायण थनेतको परिवार र अर्जुन लामाको घर बगाएको खबर पाउनासाथ उक्त स्थानमा प्रहरी पुगेर उद्दार गरेको छ।

यसैगरी अरुणखोलामा आएको बाढिले मध्यविन्दु नगरपालिका १४ बतासा बस्ने मनोज केसी भोज बहादुर श्रेष्ठ र डिल बहादुर खत्रीको घरमा पानी पसेको खबर प्रहरीलाई प्राप्त हुनासाथ उक्त स्थानमा प्रहरी टोलीले उद्दार गरेको जनाइएको छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
२%१%१%१२%

प्रतिक्रिया दिनुहोस