२०८१ बैशाख १६, आईतबार
नयाँ
पछिला अपडेट

नवलपुरमा नारायणी नदीमा डुबेर एक किशोर बेपत्ता

२०७८ अषाढ २४, बिहिबार प्रकाशित ( साल अघि) ५९४४ पाठक संख्या

गैँडाकोट । नारायणी नदीमा पौंडी खेल्दा बगेर एक किशोर बेपत्ता भएका छन् ।

गैँडाकोट कालिगण्डकी चोक पुरानो हाट बजार नजिक घर भई जनक मावीबाट एसईई दिएका १६ वर्षिय प्रशान्त घिमिरे हिजोदेखि नारायणी नदीमा बेपत्ता भएका हुन ।

गैँडाकोटमा घर भएका उनि मामाघर भरतपुरको ठिमुरा गएका थिए। ठिमुरामा नै रहँदा साथीसँग नारायणी नदीमा पौडी खेल्न गएका उनलाई सवा ५ बजे को समयमा नारायणी नदीले बगाएको जनक मावीका प्रधानाध्यापक चुडामणि शर्मा कंडेलले जानकारी दिनुभयो।

साथीहरुले बाहिर निकाल्न खोज्दा पनि नसकेको बताएको उहाँले जानकारी दिनुभयो।

४ जना साथीहरु मध्ये २ जनालाई बगाएको र १ जनालाई छालले किनारमा हुत्याईदिएको स्थानीयलाई उद्धृत गर्दै सोही विद्यालयका शिक्षक लिलाधर कंडेलले जानकारी दिनुभयो।

नेपाल प्रहरी र ससस्त्र प्रहरीको टोलीले खोजीकार्य जारी राखे पनि अझै पत्ता नलागेको प्रहरीले जनाएको छ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
४%२%२%४३%२%

प्रतिक्रिया दिनुहोस