२०८१ बैशाख १६, आईतबार
नयाँ
पछिला अपडेट

कावासोती बजार जलमग्न, सडक भासिएपछि पूर्व-पश्चिम राजमार्ग अबरुद्ध

२०७८ अषाढ २४, बिहिबार प्रकाशित ( साल अघि) ३७०१ पाठक संख्या

कावासोती  — पूर्वी नवलपरासीको सदरमुकाम कावासोती बजार जलमग्न भएको छ । कावासोती र डण्डाको बीचमा रहेको केरुङे खोलाको बाढी हात्तीखोर भन्ने स्थानबाट पसेका कारण मुख्य बजार क्षेत्र जलमग्न भएको हो ।

निरन्तर भएको बर्षाका कारण सडक भासिएपछि कावासोतीमा पुर्वपश्चिम राजमार्ग अबरुद्ध भएको छ ।

जिल्ला प्रहरी कार्यालय नवलपुरले दिएको जानकारी अनुसार डिभिजन वन कार्यालय नजिकै सडक भासिएको हो । सडक भासिएपछि अहिले पुर्व पश्चिम राजमार्ग अबरुद्ध रहेको प्रहरी उपरिक्षक प्रकाश मल्लले जानकारी दिनुभयो ।

सडकमा पानीको वहाव बढेपछि यातायात आवागमन रोकिएको छ। कावासोती थानाचोकदेखि पश्चिम सभापतिचोकसम्मको बजार क्षेत्र र राजमार्ग क्षेत्र डुबानमा परेको छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
१%२%४%१४%

प्रतिक्रिया दिनुहोस