२०८१ बैशाख १६, आईतबार
नयाँ
पछिला अपडेट

केरुङे खोलाको बाढीले कावासोती बजार जलमग्न

२०७८ अषाढ २४, बिहिबार प्रकाशित ( साल अघि) २७२८ पाठक संख्या

कावासोती  — पूर्वी नवलपरासीको सदरमुकाम कावासोती बजार जलमग्न भएको छ । कावासोती र डण्डाको बीचमा रहेको केरुङे खोलाको बाढी हात्तीखेर भन्ने स्थानबाट पसेका कारण मुख्य बजार क्षेत्र जलमग्न भएको हो ।

कावासोती थानाचोकदेखि पश्चिम सभापतिचोकसम्मको बजार क्षेत्र र राजमार्ग क्षेत्र डुबानमा परेको छ । महेन्द्र राजमार्गमा पनि पानी बगेका कारण आउजाउ गर्न समस्या भएको छ । खोला बगेका कारण कतिपय स्थानमा सडक नै देखिएको छैन ।

कावासोती रेडक्रस शाखाका अध्यक्ष वेदप्रसाद न्यौपानेले कावासोती नगरपालिका वडा नम्बर १ हात्तिखोरवाट खोलाको बाढी गाउँतिर पसेका कारण राजमार्गमा डुबान भएको टेलिफोनमा जानकारी दिए । उनले कावासोती खानेपानी तथा सरसफाई उपभोक्ता समितिको खानेपानी पाइप पनि १ किलोमिटर बगाएको जानकारी दिए ।

बिहीबार बिहानैबाट कावासोती नगरपालिका वडा नम्बर ५ र ६ का बस्तीमा खानेपानी आपूर्ति बन्द भएको संस्थाका सचिव दीपक लम्सालले जानकारी दिए ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
७%

प्रतिक्रिया दिनुहोस