२०८१ बैशाख १५, शनिबार
नयाँ
पछिला अपडेट

सुजिता भण्डारी मृत्‍यु प्रकरण : पूर्वी चितवनमा थप एक दिन कर्फ्यू

२०७८ अषाढ २३, बुधबार प्रकाशित ( साल अघि) १८८२ पाठक संख्या

२३ असार, चितवन । राप्ती नगरपालिका-३ कि सुजिता भण्डारीको मृत्युको विषयलाई लिएर सडक प्रदर्शन बढ्न थालेपछि स्थानीय प्रशासनले पूर्वी चितवनमा राजमार्ग क्षेत्रमा थप एक दिन कर्फ्यू लगाएको छ ।

चितवनमा प्रमुख जिल्ला अधिकारी प्रेमलाल लामिछानेले पूर्व पश्चिम राजमार्गको राप्ती नगरपालिका–१ लोथरपुलदेखि राप्ती नगरपालिका–४ डढुवासम्मको राजमार्गको दाँयाबाँया ५०० मिटर क्षेत्रमा मंगलबार साँझदेखि लगाएको कर्फ्यू बिहीबार बेलुका ७ बजेसम्म निरन्तरता दिएका हुन् । बुधबार साँझ ७ बजेसम्मका लागि कर्फ्यू लगाइए पनि स्थिति सामान्य नभएपछि थप गरिएको हो ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित

प्रतिक्रिया दिनुहोस