२०८१ बैशाख १६, आईतबार
नयाँ
पछिला अपडेट

सुजिता प्रकरण: चितवनको खैरहनीमा राजमार्ग अवरुद्ध, स्थानीयद्वारा टायर बालेर प्रदर्शन

२०७८ अषाढ २३, बुधबार प्रकाशित ( साल अघि) ११५५ पाठक संख्या

चितवन, असार २३-

चितवनको खैरहनीमा सुजिता भण्डारीको मृत्यु प्रकरणको छानबिनको माग गर्दै स्थानीयले राजमार्ग अवरुद्ध गरेका छन् ।

इलाका प्रहरी कार्यालय खैरहनीले जनाएअनुसार आज खैरहनी नगरपालिका–१ स्थित पूर्वपश्चिम राजमार्गमा प्रदर्शन गरेका हुन् । राप्ती नगरपालिका क्षेत्रमा कफ्र्यु लगाएपछि पदर्शनकारीहरु खैरहनी क्षेत्रमा जम्मा भएर प्रदर्शन गरिरहेको प्रहरीले जनाएको छ ।

राजमार्ग क्षेत्रमा सुजिता प्रकरणलाई लिएर हरेक दिन तनाव बढ्न थालेपछि चितवन प्रशासनले राजमार्गको राप्ती नगरपालिका क्षेत्रमा मंगलबारबाट कफ्र्यु लगाएको थियो ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित

प्रतिक्रिया दिनुहोस