२०८१ बैशाख १६, आईतबार
नयाँ
पछिला अपडेट

नवलपुरमा मोटरसाइकल दुर्घटना, एक जनाको निधन

२०७८ अषाढ २३, बुधबार प्रकाशित ( साल अघि) ६५५० पाठक संख्या

कावासोती । नवलपुरमा गएराति मोटरसाइकल दुर्घटना हुँदा एक जनाको निधन भएको छ ।

कावासोती नगरपालिका-१ कोईलापानीस्थित भित्री सडकमा ना.२६ प ५९६१ नम्बरको मोटरसाइकल आफैं अनियन्त्रित भई मंगलबार राति दुर्घटना हुँदा मोटरसाइकल चालक हुप्सेकोट गाउँपालिका-१ जुकेपानी बस्ने २० वर्षीय केसर सुनारीको मृत्यु भएको हो ।

दुर्घटनामा गम्भीर घाइते भएको उनको कालीगण्डकी अस्पताल कावासोती हुँदै नारायणी सामुदायिक अस्पताल चितवनमा थप उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय नवलपुरले जनाएको छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
११%३%४%१%५८%१%

प्रतिक्रिया दिनुहोस