२०८१ बैशाख २०, बिहिबार
नयाँ
पछिला अपडेट

शुभ अवसर ग्राम नेपालद्धारा स्वास्थ्य सामाग्री हस्तान्तरण

२०७८ अषाढ २१, सोमबार प्रकाशित ( साल अघि) २४५९ पाठक संख्या

काठमाण्डौ । शुभ अवसर ग्राम नेपालले सोमबार कामनपा वडा ३२ को कार्यालय जडिबुटिमा आयोजिक एक कार्यक्रमको विचमा वडा कार्यालय ३२ , प्रहरी प्रभाग कोटेश्वर , एकद्धार संकट व्यवस्थापन केन्द्र थापाथली र पाटनलाइ  स्वास्थ्य सामाग्री हस्तान्तरण गरेको छ ।
उक्त स्वास्थ्य सामाग्री हस्तान्तरण कार्यक्रममा कामनपा वडा ३२ कि सदस्य हिरा देवी पोखरेलले ,“समाजिक कार्यको लागि स्थानीय तह र समाजिक सस्था सँगै हिडनु पर्ने बताउनु भयो र विपदको घडिमा सस्थाहरुले देखाएको सदभावको प्रशंसा समेत गर्नु भएको थियो ।

यसैगरी एकद्धार संकट व्यवस्थापन केन्द्र पाटनकी नसिंङ्ग कर्मचारी प्रतिक्षा नेपालले शुभ अवसर ग्राम नेपाले पाटन अस्पताल लाइ पटक पटक गरेको सहयोगको प्रशंसा गर्नु भएको थियो ।

कार्यक्रममा बोल्दै सस्थाकी नेपालकि कार्यकारि निर्देशक सिस्टर दुर्गा श्रेष्ठले ,“ कोभिड १९ को सक्रमण बढे सँगै अग्रपंक्तिमा रहि जनताको स्वास्थप्रति संवेदनशिल भइ काम गरेकोमा स्थानीय तह , नेपाल प्रहरी र अस्पताल लाइ धन्यवाद दिदै सस्थाको तर्फबाट भविष्यमा थप सहयोग गर्ने ” प्रतिबद्धता व्यक्त गर्नु भएको थियो ।

गुड सेफर्ड इन्टरनेशनल फाउण्डेसन नेपालको आर्थिक सहयोगमा उक्त स्वास्थ्य सामाग्री हस्तान्तरण गरिएको हो ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
२%१%३%

प्रतिक्रिया दिनुहोस