२०८१ बैशाख २२, शनिबार
नयाँ
पछिला अपडेट

नवलपुरमा असार २५ र २६ गते भेरोसेल खोपको दोस्रो डोज दिइने

२०७८ अषाढ २१, सोमबार प्रकाशित ( साल अघि) १४०९ पाठक संख्या

नवलपुर । केही समय भेरोसेल खोपको पहिलो डोज लगाएका नागरिकलाई नवलपुर जिल्लामा असार २५ र २६ गते दोस्रो डोज दिइने भएको छ । स्वास्थ्य कार्यालय नवलपुरका प्रमुख केशव चापागाईका अनुसार यस अघिका लक्षित वर्गलाई यो दोस्रो डोज दिइने छ ।

खोप लगाउनका लागि प्रथम चरणमा भेरोसेल खोप लगाएको खोप कार्ड ल्याउनुपर्ने, जुन स्थानीय तहबाट यस अघि खोप लगाइएको हो सोही स्थानमा उपस्थित हुनुपर्ने बताइएको छ ।

दोस्रो मात्राको खोप जिल्लावभर ४ हजार ९६५ जनालाई लगाइने लक्ष्य राखिएको छ । जिल्लाका आठ स्थानीय तहमध्ये यस अघिको पहिलो चरणमा गैँडाकोटलाई ९६० डोज, देवचुलीलाई ७८२,कावासोतीलाई १०२५, मध्यविन्दुलाई ८७०, हुप्सेकोटलाई ४०४, विनयी त्रिवेणीमा ४०४, बौदिकालीमा २१० र बुलिगटारमा ३१० खोप डोज उपलब्ध गराइएको थियो ।

दोस्रो चरणमा पनि यही अनुपातमा उपलब्ध गराइने जनाइएको छ ।जिल्ला कोभिड खोप अनुगमन तथा व्यवस्थापन समितिको यही असार १७ गते बैठक बसेर दोस्रो डोज दिने वारे निर्णय गरिएको थियो । जेठ २५ गतेदेखि विभिन्न मितिमा भेरोसेल खोपको पहिलो मात्रा लगाइएको थियो ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
२%२%१%

प्रतिक्रिया दिनुहोस