२०८१ बैशाख २२, शनिबार
नयाँ
पछिला अपडेट

नवलपुरमा सोमबार ६३ जनामा कोरोना संक्रमण पुष्टि

२०७८ अषाढ २१, सोमबार प्रकाशित ( साल अघि) १५३१ पाठक संख्या
 कावासोती । नवलपरासी (बर्दघाट सुस्ता पुर्व) नवलपुरमा आज (सोमबार) थप ६३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । यस्तै पछिल्लो २४ घण्टामा थप ३८ जना कोरोना मुक्त भएका छन् । यस्तै आज कोरोना संक्रमणबाट कसैको मृत्यु नभएको जिल्ला स्वास्थ्य कार्यालय नवलपरासी पुर्वले जनाएको छ ।

आज जिल्लामा सबैभन्दा बढी कावासोती नगरपालिकामा २४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । यस्तै देवचुली नगरपालिकामा १५ जना, गैंडाकोट नगरपालिकामा १३ जना, मध्यबिन्दु नगरपालिकामा ७ जना, हुप्सेकोट नगरपालिकामा ३ जना र विनयी त्रिवेणी गाउँपालिकामा १ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

यस्तै आज जिल्लामा सबैभन्दा बढी मध्यबिन्दु नगरपालिकामा १० जना कोरोना मुक्त भएका छन् भने देवचुली नगरपालिकामा ८ जना, गैंडाकोट र कावासोती नगरपालिकामा ६/६ जना, हुप्सेकोट गाउँपालिकामा ५ जना र विनयी त्रिवेणी गाउँपालिकामा ३ जना कोरोन मुक्त भएका छन् । अब जिल्लामा सक्रिए कोरोना संक्रमितको संख्या ३ सय ६८ रहेको छ ।

2.14 (1).PNG

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
१%

प्रतिक्रिया दिनुहोस