२०८१ बैशाख २२, शनिबार
नयाँ
पछिला अपडेट

पश्चिम नवलपरासीमा थप ११ जनामा कोरोना संक्रमण पुष्टि, ६ जना संक्रमण मुक्त

२०७८ अषाढ २१, सोमबार प्रकाशित ( साल अघि) १८५० पाठक संख्या

असार, बर्दघाट । पश्चिम नवलपरासीमा सोमबार थप ११ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । जसमध्ये पुरुष ३ जना र महिला ८ छन् । पिसिआर परिक्षणका क्रममा ५ जना र एन्टिजिन परिक्षणबाट ६ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालयले जनाएको छ ।

सोमबार सुनवल नगरपालिकामा ९ जना, रामग्राम नगरपालिका र पाल्हीनन्दन गाउँपालिका एक–एक जनामा कोरोना संक्रमण देखिएको छ । योसँगै जिल्लामा कोरोना संक्रमित हुनेको संङ्ख्या ४ हजार ७ सय १७ पुगेको छ ।

यस्तै सोमबार ६ जना संक्रमित कोरोना मुक्त भएका छन् । योसँगै जिल्लामा कोरोना निको हुनेको संङ्ख्या ४ हजार ४ सय ३४ पुगेको छ । अब जिल्लामा एक सय २९ जना कोरोनाका संक्रिय संक्रमित रहेको स्वास्थ्य कार्यालयले जनाएको छ ।

हालसम्म जिल्लामा एक सय ५४ संक्रमितको मृत्यु भएको छ । पृथ्वीचन्द्र अस्पताल परासीमा २ जना बाहेक अन्य आइसोलसन सेन्टरमा कोरोनाका विरामी नरहेको स्वास्थ्य कार्यालयको तथ्याङ्कमा उल्लेख गरिएको छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित

प्रतिक्रिया दिनुहोस