२०८१ बैशाख २०, बिहिबार
नयाँ
पछिला अपडेट

नारायणगढ–मुग्लिङ सडक खण्ड बन्द

२०७८ अषाढ २१, सोमबार प्रकाशित ( साल अघि) २५०८ पाठक संख्या

चितवन  – नारायणगढ–मुग्लिङ सडक खण्ड फेरि बन्द भएको छ । चौध किलो र सेती दोभानमा लेदोसहितको पहिरो खसेपछि गएरातिदेखि बाटो बन्द भएको हो।

हिजो सेतीदोभान पहिरो हटाएर एकतर्फी खुलेलगत्तै फेरि बन्द भएको हो । पहिरो खुलाउने प्रयास भइरहेको जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनले जनाएको छ । सडक बन्द भएपछि गाडी बीचबाटोमै रोकिएका छन् । मनसुन सुरु भएदेखि नारायणगढ–मुग्लिङ सडकमा पहिरो झर्ने क्रम रोकिएको छैन ।

पछिल्लो एक हप्तादेखि निरन्तर पहिरो झर्ने र पन्छाउने काम हुँदै आएको छ । पहिरो हटाएलगत्तै फेरि खस्दा समस्या भइरहेको ट्राफिक प्रहरी कार्यालय चितवनले जनाएको छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित

प्रतिक्रिया दिनुहोस