२०८३ भाद्र ३१, बुधबार
नयाँ
पछिला अपडेट

नवलपुरको देवचुलीबाट ११ जुवाडे पक्राउ

२०७८ अषाढ १९, शनिबार प्रकाशित ( साल अघि) ५७४४ पाठक संख्या

नवलपुर । पूर्वि नवलपरासीको देवचुलीबाट ४३ हजार ७ सय ८५ रुपैँया नगद सहित ११ जना जुवाडे पक्राउ परेका छन् । देवचुली नगरपालिका वडा नं. १७ कुजौली स्थित नवलपुर खाजा घरबाट ११ जुवाडे पक्राउ परेका हुन् ।

पक्राउ पर्नेहरुमा होटल सञ्चालक जितलाल थनेत,देवचुली १७ कुजौली बस्ने वर्ष ३१ का खोज वहादुर पन्जीयार, ३८ वर्षका भुपेन्द्र पन्जीयार, वर्ष ४२ का पुर्ण बहादुर महतो , वर्ष ४४ का चुडामणी पन्जीयार, वर्ष ४५ का प्रेम बहादुर थनेत, वर्ष ३९ का जितलाल थनेत, वर्ष २७ का कमल थनेत, वर्ष ३४ का शेर बहादुर पन्जीयार, बर्ष ४० का बलिराम पन्जीयार, ५८ वर्षका सत्यनारायण महतो र वर्ष २६का कृष्ण थारु रहेका छन् । उनीहरुबाट नगद ४३ हजार ७ सय ८५ रुपैँया नगद समेत बरामद गरिएको प्रहरीले जनाएको छ ।

पक्राउ परेका सबैलाई मुलुकी अपराध संहिता २०७४ को परिच्छेद ५ को दफा १२५ बमोजिम कसुर अन्तर्गत अनुसन्धान कार्य अघि बढाईएको प्रहरी नायव उपरिक्षक दिलिप कुमार गिरीले जानकारी दिए ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
१२%४%२%३%३%

प्रतिक्रिया दिनुहोस