२०८१ जेष्ठ ६, आईतबार
नयाँ
पछिला अपडेट

देवचुलीमा सुरक्षा नागरिक आवास कार्यक्रममा १ सय ६६ घर छनोट

२०७८ अषाढ १८, शुक्रबार प्रकाशित ( साल अघि) १४६३ पाठक संख्या

एलिना केसी
नवलपुर , असार १८ । 
सुरक्षित नागरिक आवास कार्यक्रमका लागि पुर्वी नवलपरासीको देवचुली नगरपालिकाबाट १ सय ६६ घरदुरि छनोट भएका छन् ।  नेपाल सरकार शहरी विकास मन्त्रालय अन्तर्गतको शहरी विकास तथा भवन निर्माण विभागले सघन शहरी भवन निर्माण आयोजना चितवनबाट उक्त घरदुरि छनोट गरेको हो । छनोट भएका घरदुरिले देवचुली नगरपालिकाबाट सुरक्षित नागरिक आवास कार्यक्रम कार्यान्वयन कार्यविधि २०७६ बमोजिम रु ५० हजार ३ किस्तामा प्राप्त गर्नेछन् । सो किस्ता रकम आर्थिक बर्ष २०७७÷०७८ र ०७८÷०७९ गरि २ आर्थिक बर्षमा प्राप्त गर्नेछन् ।

देवचुली नगरपालिकाले सुरक्षित नागरिक आवास कार्यक्रमका लागि २ सय २६ घरदुरि विवरण पठाएको थियो । जसमा प्राथमिकताका आधारमा सघन शहरी भवन निर्माण चितवनले अङ्क प्रदान गरि छनोट गरेको थियो । छनोट भएका लाभग्राहीमा देवचुली १ बाट २६ घरदुरि, वडा नं २ बाट ३३ घरदुरि, वडा नं ३ बाट २ घरदुरि, वडा नं ४ बाट १६ घरदुरि, वडा नं ५ बाट ६ घरदुरि, वडा नं ६ बाट ६ घरदुरि, वडा नं ७ बाट ४ घरदुरि, वडा नं ९ बाट ४६ घरदुरि, वडा नं ११ बाट १० घरदुरि, वडा नं १२ बाट ७ घरदुरि, वडा नं १५ बाट २१ घरदुरि, वडा नं १६ बाट १० घरदुरि, वडा नं १७ बाट ३९ घरदुरि रहेका छन् ।

छनोट भएका घरदुरिले रकम भुक्तानीका लागि केही आधारहरु तयार पारिएको छ । जसमा लाभग्राहीहरुको कुनै कारणवश घरजग्गाको विवाद भएमा, ऐलानी÷सार्वजानिक क्षेत्रमा घर भई कुनै किसिमले मुद्धा परी रोक्का भएमा, सार्वजनिक बाटो÷स्थानमा घर भएमा, अरुको जग्गामा घर भएमा, कार्यविधि बमोजिमको लक्षित लझुट विवरण पेश गरेको ठहर नभएको हुनुपर्नेछ ।यसैगरि नवलपुर जिल्लाबाट सुरक्षित आवास कार्यक्रमका लागि कावासोती नगरपालिकाबाट १ सय ५ र गैंडाकोट नगरपालिकाबाट ९७ घरदुरि रहेका छन् ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
२%

प्रतिक्रिया दिनुहोस