२०८१ बैशाख २०, बिहिबार
नयाँ
पछिला अपडेट

भोलिदेखि भरतपुर–काठमाडौँ उडान सुरु हुँदै

२०७८ अषाढ १६, बुधबार प्रकाशित ( साल अघि) १४४७ पाठक संख्या

चितवन । बिहीबारदेखि भरतपुर–काठमाडौँ उडान हुने भएको छ । सरकारले आन्तरिक उडान संचालन गर्न दिने निर्णयसंगै चितवनमा पनि उडान हुन लागेको हो । चितवनमा बुद्ध एयरले मात्रै उडान भर्ने भएको छ ।

केही समयका लागि दिनमा ३ पटक मात्रै उडान हुने बुद्ध एयर भरतपुरका प्रमुख भक्तबहादुर बस्नेतले जानकारी दिए । उनले स्वास्थ्य सम्बन्धि मापदण्डको पूर्ण पालना गर्दै सुरक्षित उडान भर्ने तयारी भइरहेको बताए । उनले भोलि हुने उडानको सबै टिकट बुकिङ भइसकेको जानकारी दिए ।

कोभिड–१९ का कारण सरकारले निषेधाज्ञा जारी गरेपछि आन्तरिक तथा बाह्य उडान बन्द गर्ने निर्णय गरेको थियो । अहिले कोभिड संक्रमितको संख्यामा केही कमी आएसंगै सरकारले हवाई उडान सुचारु गर्ने निर्णय गरेको हो । निषेधाज्ञा पश्चात भरतपुरमा केही समयका लागि बुद्ध एयरको मात्रै उडान हुने भएको छ ।

निषेधाज्ञा पछिको बुद्ध एयरको भरतपुर–काठमाडौँ उडान तालिका

भरतपुरबाट काठमाडौँबाट
१, ११ः३० १०ः४५
२, ०१ः४० १२ः५०
३, ३ः५० ‌ ‌‌ ०२ः५०

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
२%१%१%

प्रतिक्रिया दिनुहोस