२०८० चैत्र १६, शुक्रबार
नयाँ
पछिला अपडेट

अवरुद्ध बुटवल–नारायणगढ सडक खुल्यो

२०७८ अषाढ १६, बुधबार प्रकाशित ( साल अघि) २८३४ पाठक संख्या

परासी, असार १६ । बुधबार बिहानदेखि अवरुद्ध बनेको बुटवल नारायणगढ  सडक खण्ड सांझदेखि सञ्चालनमा आएको छ।

मंगलबार रातिदेखि परेको वर्षापछि आएको बाढीले सो सडकखण्ड अन्तर्गत पर्ने पश्चिम नवलपरासीको सुनवलस्थित बडेरा, वनकट्टी र ज्यामिरेमा बनाइएको डाइभर्सन बगाएको थियो।

सञ्चालनमा आएको डाइभर्सनबाट ठूला लोड गाडीबाहेक अन्यलाई आवतजावत गर्न दिइएको पश्चिम नवलपरासीका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक राजु लामाले जानकारी दिए ।

डाइभर्सनमा राखिएको ग्राभेल दबिन सक्ने भएकाले हलुका सवारीसाधनलाई मात्र सञ्चालन गर्न दिइएको लामाले बताए।

राजमार्ग भएर पूर्व पश्चिम जाने भारी सवारीसाधनलाई भैरहवा परासी सडक हुंदै आवतजावत गराइएको प्रहरीले जनाएको छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
५%२%१%१%२%१%

प्रतिक्रिया दिनुहोस