२०८० चैत्र १६, शुक्रबार
नयाँ
पछिला अपडेट

पूर्वपश्चिम राजमार्गको बुटवल – बर्दघाट सडकखण्ड अवरुद्ध

२०७८ अषाढ १६, बुधबार प्रकाशित ( साल अघि) २२४६ पाठक संख्या

परासी । बाढीले डाइभर्सन बगाएपछि पूर्वपश्चिम राजमार्गअन्तर्गत बुटवल- बर्दघाट सडकखण्ड अवरूद्ध भएको छ ।

नवलपरासीको सुनवल नगरपालिका वडा नम्बर १३ बडेरास्थित डाइभर्सन मंगलबार राति आएको बाढीले बगाएको हो ।

डाइभर्सन बगाएपछि बुधबार बिहान साढे ४ बजेदेखि बुटवल -बर्दघाट सडकखण्ड अवरूद्ध भएको जिल्ला प्रहरी कार्यालय पश्चिम नवलपरासीका सूचना अधिकारी डीएसपी राजु लामाले जानकारी दिनुभयो ।

प्रहरीका अनुसार बुधबार बिहानैदेखि सडक अवरुद्ध बनेको छ । पानी परिरहेकाले डाइभर्सन मर्मत गरी सडक खुलाउन समस्या भएको प्रहरीले जनाएको छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
२%१%१%

प्रतिक्रिया दिनुहोस