२०८१ कार्तिक ६, मंगलबार
नयाँ
पछिला अपडेट

मध्यविन्दुमा वैकल्पिक माध्यमबाट विद्यार्थी भर्ना अभियान सुरु

२०७८ अषाढ १५, मंगलबार प्रकाशित ( साल अघि) १८२८ पाठक संख्या

चोरमारा ।  नवलपुरको मध्यविन्दु नगरपालिकाको शिक्षा शाखाले भर्ना अभियान तथा पाठ्यपुस्तक वितरण र सिकाईका लागि सहजीकरण गर्न पालिका भित्रका सबै विद्यालयलाई निर्देशन दिएको छ ।

सामुदायिक विद्यालयले निशुल्क तथा संस्थागत विद्यालयले स्वीकृत पाठ्यपुस्तक विद्यार्थीलाई उपलब्ध गराउने र उपयुक्त सिकाइ प्रक्रिया सुरुगरि तत्काल वैकल्पिक विधिबाट पठन पाठन गर्न समेत नगर शिक्षा शाखाले निर्देशन दिएको हो ।

नगर शिक्षा शाखाले मगलबार सूचना जारीगर्दै पालिका भित्रका सबै सामुदायिक तथा संस्थागत विद्यालयलाई निर्देशन गरेको छ ।

पालिका क्षेत्रभित्रका संस्थागत तथा निजी विद्यालयले स्वास्थ्य सुरक्षाका मापदण्ड अपनाई भर्ना कार्यक्रम, पाठ्यपुस्तक वितरण लगायतका काम शुरु गर्नुका साथै सामुदायिक विद्यालयले पनि भर्ना प्रक्रियालाई अगाडि बढाउन सूचनामा उल्लेख गरिएको छ।

शिक्षा शाखले मध्यबिन्दुको हकमा अनलाइन, अफलाइन, दूरशिक्षालगायतका प्रविधिबाट पठनपाठन शुरु गर्न निर्देशन गरेको हो ।
हेर्नुहोस् सूचना !!! 

FB_IMG_1624908622553

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
१%

प्रतिक्रिया दिनुहोस