२०८१ बैशाख ७, शुक्रबार
नयाँ
पछिला अपडेट

नवलपुरमा आज विभिन्न स्थानमा ४ घण्टा विद्युत आपूर्ती बन्द हुने  

२०७८ अषाढ १५, मंगलबार प्रकाशित ( साल अघि) ४१७५ पाठक संख्या

कावासोती । नवलपुरमा आज विभिन्न स्थानमा विद्युत आपूर्ती बन्द हुने भएको छ ।

नेपाल विद्युत प्राधिकरण कावासोती वितरण केन्द्रले एक सूचना जारी गर्दै मर्मत संभारका लागि ४ घण्टा विद्युत कटौती हुन लागेको जानकारी दिएको हो ।

कावासोती वितरण केन्द्रका अनुसार असार १५ गते मंगलबारका दिन विहान ९ बजेदेखि दिउँसो १ बजेसम्मको समयमा विद्युत अवरुद्ध हुने भएको छ ।

कावासोती १३÷११ केभि सव–स्टेशनमा जडान गरेको सिटि परिवर्तन गर्नु पर्ने भएको हुँदा उक्त समयमा सो सव–स्टेशनबाट सञ्चालित कावासोती फिडर अन्तरगत पर्ने कावासोती नगरपालिका वडा नं १ देखि ६, हुप्सेकोट गाउँपालिकाको विभिन्न स्थानमा र ११ केभि अरुणखोला फिडर अन्तरगत पर्ने मध्यविन्दु नगरपालिका वडा नं ४ देखि १५ को विभिन्न स्थानमा विद्युत सेवा अवरुद्ध हुने कावासोती शाखाले जनाएको छ ।

Ssssssssss

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
७%२%४%६%३%

प्रतिक्रिया दिनुहोस