२०८१ बैशाख १३, बिहिबार
नयाँ
पछिला अपडेट

चोरमारा प्राथमिक स्वास्थ्य केन्द्रलाई अक्सिजन कन्सन्ट्रेटर सहयोग

२०७८ अषाढ १५, मंगलबार प्रकाशित ( साल अघि) २०४७ पाठक संख्या

चोरमारा । नवलपुरको चोरमारा प्राथमिक स्वास्थ्य केन्द्रलाई एकथान अक्सिजन कन्सन्ट्रेटर सहयोग गरिएको छ ।

सोमबार दिउँसो स्वास्थ्य केन्द्रमा आयोजित कार्यक्रममा आकाश उप्रेतीले सोर्स एक्सन हङकङ्ग र हङकङ्ग नेपाली महासंघको सहयोगबाट पठाएको कन्सन्ट्रेटर मध्यविन्दु नगरपालिका उपप्रमुख ओम कुमारी महतोलाई हस्तान्तरण गरिएको हो ।

FB_IMG_1624911909920

शरीरमा अक्सिजनको अभाव भएका बिरामीलाई स्वास्थ्य केन्द्र मै सेवा दिने उद्देश्यले उक्त सहयोग हस्तान्तरण गरिएको आकाश उप्रेतीको भनाई छ ।

चोरमारा प्राथमिक स्वास्थ्य केन्द्रको आवश्यकतालाई मध्यनजर गरी उक्त सहयोग जुटाउनु भएकोमा उप प्रमुख महतोले धन्यवाद सहित आगामी दिनमा समेत सहकार्यका लागि तयार रहेको बताउनुभयो । विषम परिस्थितिमा विदेशमा रहेका नेपालीहरुको तर्फबाट प्राप्त गरेको सहयोग अतुलनिय रहेको उहाँले नवलपुर न्युजलाई जानकारी दिनुभयो ।

FB_IMG_1624908397114

कार्यक्रममा मध्यविन्दु नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत नारायण प्रसाद सापकोटा, स्वास्थ्य केन्द्रका अध्यक्ष अमृत प्रसाद ज्ञवाली, अस्पताल सञ्चालक समितिका उपाध्यक्ष केदार प्रसाद पराजुली, नगर स्वास्थ्य शाखा प्रमुख खेम केसी स्वास्थ्य केन्द्रका निमित्त प्रमुख राम प्रसाद पाण्डे, आकाश उप्रेती, डा.दिपेन्द्र पौडेल, मित्र भट्टराई लगायतको उपस्थिति रहेको थियो ।

नगरभित्र अक्सिजनको सिलिण्डरभन्दा बिरामीको सहजताका लागि कन्सन्ट्रेटर उपयोगी हुने स्वास्थ्यकर्मीको भनाई छ । अक्सिजन कन्सन्ट्रेटरले वरपरको हावालाई फिल्टर गरेर त्यसबाट शुद्ध अक्सिजन बिरामीसम्म पुर्याउछ । हावामा भएका बिभिन्न ग्यासमध्ये अक्सिजन छुट्याउँछ र बिरामीलाई ९५ प्रतिशतसम्म शुद्ध अक्सिजन दिन्छ ।

हावामा झन्डै २१ प्रतिशत अक्सिजन, ७८ प्रतिशत नाइट्रोजन र अरु अन्य ग्यास हुनेमा यस डिभाइसले जसलाई शुद्ध गरेर ९० प्रतिशत भन्दा बढी अक्सिजन दिन्छ ।

मानिसको शरीरमा ९० प्रतिशतभन्दा तल अक्सिजनको लेबल देखिएमा तत्काल सिलिण्डर वा कन्सन्ट्रेटरको सहायतामा अक्सिजनको मास्क मुखमा लगाउनुपर्छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित

प्रतिक्रिया दिनुहोस