२०८१ बैशाख ७, शुक्रबार
नयाँ
पछिला अपडेट

नवलपुरमा आज ३५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि

२०७८ अषाढ १४, सोमबार प्रकाशित ( साल अघि) १७५६ पाठक संख्या

कावासोती ।  नवलपुरमा थप ३५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। यस्तै पछिल्लो २४ घण्टामा ४९ जना कोरोना मुक्त भएका छन् ।

यस्तै पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट १ जनाको मृत्यु भएको जिल्ला स्वास्थ्य कार्यालय नवलपरासी पुर्वले जनाएको छ ।

आज जिल्लामा सबैभन्दा बढी देवचुली नगरपालिकामा १६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

यस्तै हुप्सेकोट गाउँपालिकामा ७ जना, विनयी त्रिवेणी गाउँपालिकामा ५ जना, गैंडाकोट नगरपालिकामा ४ जना, मध्यबिन्दु नगरपालिकामा २ जना र कावासोती नगरपालिकामा १ जनामा संक्रमण पुष्टि भएको छ ।

जिल्लामा अब सक्रिए संक्रमितको संख्या ३ सय ४३ रहेको छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
२%१%२%

प्रतिक्रिया दिनुहोस