२०८० चैत्र १५, बिहिबार
नयाँ
पछिला अपडेट

नवलपुरमा एघार महिनामा ४४ जनाले ज्यान गुमाए ,२०८ जना घाइते

२०७८ अषाढ १४, सोमबार प्रकाशित ( साल अघि) १९७० पाठक संख्या

कावासोती । चालु आर्थिक वर्षको ११ महिनाको अवधीमा सवारी दुर्घटनामा परि नवलपुरमा ४४ जनाले ज्यान गुमाएका छन् ।

चालु आर्थिक वर्षको साउनदेखि जेठसम्ममा १२३ वटा सवारी दुर्घटना हुँदा ४४ जनाको ज्यान गएको छ भने २०८ जना घाइते भएको जिल्ला पुर्ब नवलपरासी ट्राफीक प्रहरी कार्यालय नवलपुरका प्रहरी निरीक्षक नारायण थापाले बताउनुभयो।

जसमा ३५ जना महिला, १५० जना पुरुष, १३ बालिका र १० बालक गरि २०८ जना घाइते भएका हुन् । यस्तै ४४ जनाको मृत्यु भएकाहरुमा ४ जना महिला , ३८ जना पुरुष र बालको संख्या २ रहेको जिल्ला ट्राफिक प्रहरी कार्यालय नवलपुरको तथ्याङ्कमा उल्लेख छ ।

जिल्लामा सवारी दुर्घटना चालकको लापरबाहीले धेरै हुने गरेको छ । जस मध्य ९९ सवारी दुर्घटना चालककै कारणले भएकोछ भने सवारी साधन कारणले ८ , सडकको अवस्थाले ८ , यात्रुको कारणले २ , मौसमको कारणले २ र अन्य कारणले ४ गरि जम्मा १२३ सवारी साधन दुर्घटना भएका छन् ।

सबैभन्दा बढि दुर्घटनामा पर्नेमा मोटरसाईकल रहेको जिल्ला ट्राफिक प्रहरी प्रमुख नारायण थापाले बताउनुभयो। दुर्घटनामा पर्नेमा अधिकाशं पुरुष छन् भने, त्यसमा पनि धेरैजसो युवा बर्गकाले अकालमै ज्यान गुमाउनु परेको उहाँले बताउनुहुन्छ । दुर्घटनाको मुख्य कारणमध्ये एक चालकको लापरवाही हो ।

त्यस्तै चालु अर्थिक वर्षको ११ महिनाको अवधीमा जिल्ला ट्राफिक प्रहरी कार्यालय पूर्वी नवलपरासीले ९८ लाख ३१ हजार ५०० रुपैयाँ राजश्व संकलन गरेको प्रहरी निरीक्षक थापाले बताउनुभयो । जिल्लामा विभिन्न सवारी साधन गरि १५ हजार ६ सय वटा सवारी कारवाहीबाट सो रकम राजश्व संकलन भएको हो ।

पूर्व पश्चिमको महेन्द्रराजमार्ग सडक खण्ड अन्तर्गत नवलपरासी पुर्ब नवलपुरको दाउन्नेका धेरै स्थान दुर्घटना हुने क्षेत्र हुन् । खासगरि साँगुरो र घुमाउरो बाटोको कारण पनि दुर्घटना हुने गरेको सवारी चालकहरु नै बताउँछन् ।

देशभर औसत दैनिक १५ वटा सवारी दुर्घटना हुने गरेका छन् । ती दुर्घटनामा परी दैनिक दुुई जनाले अकालमै ज्यान गुमाउने गर्छन् । राज्यले सवारी दुर्घटनालाई सामान्य रूपमा लिए पनि यसबाट हुने धनजनको क्षति देशमा कहाली लाग्दो छ ।

 

 

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
१%१%

प्रतिक्रिया दिनुहोस