२०८२ माघ ४, आईतबार
नयाँ
पछिला अपडेट

नवलपुरमा भोलीदेखी बार र पालिका अनुसार मालपोत कार्यालय खुल्ने

२०७८ अषाढ १३, आईतबार प्रकाशित ( साल अघि) ३६६५ पाठक संख्या

कावासोती । कोरोना भाईरस नियन्त्रण तथा रोकथामका लागि भन्दै बन्द भएको मालपोत कार्यालय स्वास्थ्य शुरक्षाको मापदण्ड अपनाउदै बार र पालिका अनुसार सेवा प्रदान गर्ने गरी रुपमा असार १३ गते (भोली) देखी खुल्ने भएको छ ।

मालपोत कार्यालय कावासोतीले तालिका सहितको सुचना निकालेर आईतबार देखी स्वास्थ्य शुरक्षा अपनाउदै भोली देखि सेवा प्रदान गरीने जनाएको छ ।जिल्ला भित्रका सबै सरकारी कार्यालय तथा सार्वजनिक संस्थानका कार्यालयहरुबाट उपलब्ध हुने सेवा सञ्चालन गर्न जिल्ला प्रशासन कार्यालयले निर्देशन दिएपछि मालपोत कार्यालय कावासोतीले सार्वजनिक सूचना जारी गरी सेवा सञ्चालन गर्ने जनाएको हो ।

आइतबारदेखि बार र पालिका अनुसार सेवा प्रदान गर्ने मालपोत कार्यालय कावासोतीका मालपोत अधिकृत नारायण गैरेद्वारा हस्ताक्षरीत सुचनामा जनाईएको छ ।

जस अनुसार आर्को सुचना जारी नहुदा सम्म आइतबार गैडाकोट नगरपालिका ,सोमबार देवचुली नगरपालिका, मंगलबार कावासोती नगरपालिका, बुधबार मध्यविन्दु नगरपालिका ,बिहिबार विनयी त्रिबेणी र हुप्सेकोट गाँउपालिका , शुक्रबार बौदीकाली र बुलिङटार गाउपालिकाका सेवाग्राहीहरुलाइृ सेवा प्रदान गरीने भएको छ ।

जिल्ला प्रशासन कार्यालय नवलपुरमा पछिल्लो पटक थपिएको निषेधाज्ञाको समय शुक्रबार राति १२ बजेदेखि सकिँदै थियो ।

शुक्रबार रातीदेखि नै लागू हुने गरी असार १८ गते राती १२ बजेसम्मका लागि यात्रुबाहक सवारी साधन, पठनपाठन, मेला, महोत्सव लगायत सञ्चालनमा रोक लगाइएको छ ।आर्थिक गतिविधि तथा व्यवसाय सञ्चालन गर्न पाइने गरी खुकुलो पार्दै निषेधाज्ञा लागू गरिएको छ ।

 

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
१%१%

प्रतिक्रिया दिनुहोस