२०८१ बैशाख ७, शुक्रबार
नयाँ
पछिला अपडेट

कावासोतीको यातायात कार्यालय भोलिदेखी खुल्ने

२०७८ अषाढ १२, शनिबार प्रकाशित ( साल अघि) ३०५६ पाठक संख्या

कावासोती । डेढ महिनादेखि बन्द रहेको यातायात व्यवस्था कार्यालय आइतबार देखि खुल्ने भएको छ ।

यातायात व्यवस्था कार्यालय कावासोतीले एक सूचना जारी गर्दै आईतवारदेखि कार्यालयका सेवा नियमित सुचारु हुने जानकारी गराएको हो ।

जिल्ला प्रशासन कार्यालय नवलपुरले निषेधाज्ञा खुकुलो बनाउने निर्णय गरे सँगै यातायात कार्यालय कावासोतीले आफ्नो विविध सेवा सुचारु गर्ने भएको हो ।

यातायात कार्यालय कावासोतीका अनुसार आइतबार देखि सवारी साधन कर संकलन र सवारी दर्ता प्रमाण पत्र नविकरण, सवारी जांच पास , पटके र रुट इजाजत ,ट्रायल पास भई राजस्व बुझाउन बाँकी रहेका परीक्षार्थीबाट राजस्व संकलन लगायत सेवाहरु सुचारु हुनेछन् ।

FB_IMG_1624617097192

 

 

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
१५%८%२%१%१%

प्रतिक्रिया दिनुहोस