२०८१ बैशाख ११, मंगलबार
नयाँ
पछिला अपडेट

हुप्सेकोटको बजेट : दुधमा किसानलाई प्रोत्साहनदेखि छोरीको सुनौलो भविष्य कार्यक्रमसम्म

२०७८ अषाढ १२, शनिबार प्रकाशित ( साल अघि) १३२६ पाठक संख्या

नवलपुर : पूर्वी नवलपरासीको हुप्सेकोट गाउँपालिकाले आर्थिक वर्ष २०७८/७९ को नीति तथा कार्यक्रममा केही महत्वाकांक्षी योजनालाई समेटेको छ । ५२ करोड रुपैयाँ बराबरको बजेट सार्वजनिक गरेको हुप्सेकोट गाउँपालिकाले केही भने पुरानै योजनालाई आफ्नो नीति तथा कार्यक्रममा स्थान दिएको छ ।

गाउँपालिका अध्यक्ष लक्ष्मी देवी पाण्डेले सार्वजनिक गरेको नीति तथा कार्यक्रम अनुसार दुग्ध उत्पादक कृषकलाई प्रोत्साहन स्वरुप प्रतिलिटर ५ रुपैयाँ थप गरी भुक्तान गरिनेछ । जसका लागि ३ लाख रुपैयाँ बजेट विनियोजन गरिएको छ भने कार्यविधी निर्माण गरी कृषकलाई पेन्सन तथा बीऊ उपलब्ध गराउदैँ व्यवसायीक तरकारी खेति र व्यवसायीक पशुपालनलाई थप प्रोत्साहन गर्ने उल्लेख गरिएको छ । खानेपानीको न्युनतम महसुल आएका नागरिकको महसुलको भुक्तानी गाउँपालिकाले गरिदिने नीति अगाडि बढाएको छ ,जसका लागि २५ लाख रकम छुट्याइएको छ ।

हुप्सेकोट गाउँपालिकाले मुख्य/मुख्य चोकमा फ्री वाईफाई जोनको योजनाअघि बढाएको छ भने पालिकाको नीति तथा कार्यक्रम एवम् बजेटले एकल महिलाको जीवनस्तर उकास्न ‘एकल महिलासँग स्थानीय सरकार’ कार्यक्रमलाई अगाडl बढाउने गरी ११ लाख रुपैयाँ बजेट छुट्याएको छ ।

बजेटले तलबमा मासिक ५ सय कट्टी गर्ने र पालिकाले सोही बराबरको रकम कोषमा राख्दिने गरी ‘अस्थायी शिक्षक कर्मचारी राहत कोष’ स्थापनाको उदेश्य लिएको छ जसका लागि १५ लाख छुट्याइएको छ । ‘मेरो छोरीको सुनौलो भविष्य’ कार्यक्रम अन्तरगत छोरीको जन्मदर्ता पश्चात् नगद ५ हजार रुपैयाँ नागरिकता बनेपछि मात्र निकाल्न मिल्ने गरी पालिकाले जम्मा गरिदिने नीति समावेश छ । जसका लागि ६ लाख २० हजार रुपैयाँ व्यवस्था गरिएको छ ।

अध्यक्ष पाण्डेले सार्वजनिक गरेको नीति तथा कार्यक्रममा पहाडी वडाहरूमा सिकिस्त बिरामी एवम् विपद्‍मा परेका नागरिकलाई उद्वारका लागि हेलिप्याड स्थापना गर्ने बताइएको छ । विपन्न समुदायको उपचारका लागि १५ लाख रुपैयाँ बजेट विनियोजन गरिएको छ ।  नीति तथा कार्यक्रममा यस आर्थिक वर्षमा हुप्सेकोटलाई बालमैत्री गाउँपालिका घोषणा गरिने बताइएको छ । यसका लागि २० लाख रुपैयाँ बजेट बिनियोजन गरिएको छ । व्यायमशाला‍ र युवाका लागि कभर्ड हल निर्माणको उदेश्य राखिएको छ ।

त्यस्तै संघीय सरकारको समपुरक अनुदानमा रुद्रपुरगढी पर्यटन प्रबर्द्धन ,संघीय सरकारकै विशेष अनुदानमा अत्याधुनिक कोल्डस्टोर निर्माण र प्रदेश सरकारको समपुरक अनुदानमा पहाडी दुई वडामा बर्थिङ सेन्टर निर्माण एवम् प्रदेश सरकारकै विशेष अनुदानमा ल्याण्ड फिल्ड साइड निर्माण गरिने गाउँपालिका उपाध्यक्ष स्वतन्त्र कोपिला मल्लद्वारा प्रस्तुत बजेटमा उल्लेख गरिएको छ । उज्यालो हुप्सेकोट, हुप्सेकोट चक्रपथ जस्ता पालिका स्तरीय गौरवको आयोजनालाई निरन्तरता दिने गरी बजेट ल्याइएको मल्लको भनाइ छ ।

 

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित

प्रतिक्रिया दिनुहोस