२०८१ बैशाख ८, शनिबार
नयाँ
पछिला अपडेट

नवलपुरमा एकैदिन ७५ जनामा कोरोना संक्रमण,२ जनाले ज्यान गुमाए

२०७८ अषाढ ११, शुक्रबार प्रकाशित ( साल अघि) १८९५ पाठक संख्या

कावासोती । नवलपुरमा आज थप ७५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । यस्तै पछिल्लो २४ घण्टामा ४२ जना कोरोना मुक्त भएका छन् ।

यस्तै पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट थप २ जनाको मृत्यु पुष्टि भएको जिल्ला स्वास्थ्य कार्यालय नवलपरासी पश्चिमले जनाएको छ ।संक्रमित हुनेमा गैँडाकोटका १४, देवचुलिका १, कावासातीका १६, विनयी त्रिवेणीका ३, हुप्सेकोटमा १४, बुलिङटारमा १, बौदिकालिमा २३ र अन्यमा ३ सहित ७५ विरामि थपिएका हुन् ।

पछिल्लो २४ घण्टामा निको हुने को सख्या भने ४२ रहेको जिल्ला स्वास्थ्य कार्यालय नवलपुरले जानकारी दिएको छ । गैँडाकोटका ५,देवचुलीका १९, कावासोतीका ८, मध्यविन्दुका ७, विनयी त्रिवेणीका १, हुप्सेकोटका १, बौदिकालिका १ जना निको भएका हुन् ।

जिल्लामा अब सक्रिए संक्रमितको संख्या ३ सय ६५ रहेको छ । कोरोना संक्रमणबाट अहिलेसम्म १ सय १५ जनाको मृत्यु भएको छ भने वैशाख यतामात्रै पनि ८३ जनाको ज्यान गइसकेको छ ।

1624621284 YbRbS

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
१%५%

प्रतिक्रिया दिनुहोस