२०८० चैत्र १५, बिहिबार
नयाँ
पछिला अपडेट

नवलपुरको बौदीकाली गाउँपालिकामा एकल पुरुषलाई भत्ता

२०७८ अषाढ ११, शुक्रबार प्रकाशित ( साल अघि) १५११ पाठक संख्या

पूर्वी नवलपरासी — नवलपरासीको बौदीकाली गाउँपालिकाले एकल पुरुषलाई मासिक भत्ता दिने भएको छ । छैटौं गाउँसभाले पारित गरेको नीति तथा कार्यक्रममा गाउँपालिकाभित्रका ४० वर्ष उमेर काटेका एकल पुरुषलाई भत्ता दिने उल्लेख छ ।

गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत प्रदीपचन्द्र सुवेदीका अनुसार सामाजिक सुरक्षा कार्यक्रमअन्तर्गत गाउँपालिकाभित्रका एकल पुरुषलाई भत्ताको व्यवस्था गर्न लागिएको हो । कार्यविधि निर्माण गरेर एकल पुरुषलाई मासिक २ हजार नगद दिइँदै छ । तर अन्य प्रकारका सामाजिक सुरक्षाभत्ता लिएकाहरू यो योजनामा समेटिनेछैनन् । गाउँपालिकाभरिमा यस्ता एकल पुरुष ६० जनाजति रहेको प्रारम्भिक तथ्यांक छ ।

यसै गरी ८५ वर्ष उमेर पुगेका ज्येष्ठ नागरिकलाई सम्मानस्वरूप वार्षिक रूपमा चाडपर्व खर्च उपलब्ध गराउने कार्यक्रमलाई गाउँपालिकाले निरन्तरता दिएको छ । ८५ वर्ष उमेर नाघेकाहरूलाई दसैंखर्च भनेर एकमुष्ट ५ हजार नगद दिने व्यवस्था गरिएको हो । चाडपर्वमा ज्येष्ठ नागरिकले अरूको मुख ताक्न नपरोस भनेर यस्तो व्यवस्था मिलाइएको गाउँपालिकाका अध्यक्ष दुर्गाबहादुुर रानाले जानकारी दिए ।

गाउँपालिकाले यस वर्ष ३९ करोड ३७ लाखको बजेट ल्याएको छ । नीति तथा कार्यक्रममा आगामी आर्थिक वर्षमा १५ शय्याको बौदीकाली आधारभूत अस्पताल स्थापना गर्ने पनि उल्लेख छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
१%२%

प्रतिक्रिया दिनुहोस