२०८१ बैशाख ८, शनिबार
नयाँ
पछिला अपडेट

मध्यबिन्दुका युवा सहित २ जना लागूऔषधसहित पक्राउ

२०७८ अषाढ ११, शुक्रबार प्रकाशित ( साल अघि) २९८३ पाठक संख्या

चोरमारा । नवलपुरबाट लागूऔषध सहित दुईजना पक्राउ परेका छन् । पक्राउ पर्नेमा मध्यबिन्दु नगरपालिका वाड नम्बर १ बस्ने २१ वर्षीय सुजन जैसी र रुपन्देही बुटवल उपमाहानगरपालिका वडा नम्बर १३ बस्ने १७ वर्षीय विमल घिमिरे रहेका छन् ।

दुबै जनालाई लागूऔषध सहित पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रहरी निरीक्षक मधुसुदन सिंहले जानकारी दिनुभयो ।

विनयीत्रिवेणी गाउँपालिका वाड नम्बर २ दाउन्ने स्थित पूर्व पश्चिम राजमार्गमा खटिएको प्रहरी टोलीले पश्चिम बाट पूर्व तर्फ आउदैँ गरेको लु ४१ प ५२१४ नम्बरको स्कुटरलाई रोकी चेकजाँच गर्ने क्रममा उनीहरूको साथबाट नाईट्रोभेट २३० ट्याबलेट बरामद भएको उहाँले बताउनु भयो ।

 

 

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
४%३%२%१%१०%

प्रतिक्रिया दिनुहोस