२०८१ बैशाख ८, शनिबार
नयाँ
पछिला अपडेट

नारायणी नदीको पुलबाट हाम फालेर एक युवक बेपत्ता

२०७८ अषाढ ११, शुक्रबार प्रकाशित ( साल अघि) ४७१८ पाठक संख्या

चितवन । परिचय नखुलेका एक व्यक्ति नारायणी पुलबाट नदीमा हामफालेर बेपत्ता भएका छन् । वडा प्रहरी कार्यालय नारायणगढका अनुसार बिहीबार बिहान सवा ११ बजेको अन्दाजी १९ बर्षको देखिने एक युवक हाम फालेका हुन् ।

उनी हाम फाल्न बित्तिकै बटुवाहरूले देखेर प्रहरीलाई खबर गरेका थिए । तर पानी धमिलो भएकाले ती युवकलाई उद्धार गर्न नसकिएको कार्यालयका प्रमुख प्रहरी निरीक्षक रघुसिंह विष्टले जानकारी दिए ।

“हामीले हामफालेको केही मिनेटमा उद्धारको लागि नदीमा पस्यौँ,” उनले भने, “तर पानी धमिलिएका कारण उसलाई देख्नै सकिएन ।”

प्रहरीले साँझ साँढे ५ बजेसम्म डुंगासहितको उद्धार टोली लिएर खोजतलास गरेपनि भेटउन नसकिएको जनाएको छ । भोलि बिहानदेखि पुनः खोजी कार्य जारी राखिने प्रहरी निरीक्षक विष्टले बताए ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
४%३%७%१%३२%४%

प्रतिक्रिया दिनुहोस