२०८१ बैशाख ७, शुक्रबार
नयाँ
पछिला अपडेट

नवलपुरमा निषेधाज्ञा असार २१ सम्म : अब के खुल्ने के नखुल्ने?

२०७८ अषाढ १०, बिहिबार प्रकाशित ( साल अघि) ४२४५ पाठक संख्या

नवलपुर । जिल्ला प्रशासन कार्यालय नवलपुरले जिल्लामा जारी निषेधाज्ञा असार २१ गतेसम्मका लागि थप गरेको छ । नया भेरियन्ट सहितको कोभिड १९ महामारीको दोस्रो लहरको संक्रमणको अवस्थाको जोखिम अझै कायमै रहेको भन्दै कार्यालयले जिल्लाभरको निषेधाज्ञालाई जारी राखेको हो ।

निषेधाज्ञाको समय लम्बाइएको भएपनि यस पटक थप गरिएको निषेधाज्ञामा भने सबै प्रकारका ब्यवसायहरु सञ्चालन गर्न पाईने भएको छ । कार्यालयले जारी गरेको सूचनामा साँझ ६ वजेपछि भने अत्यावश्यक बाहेकका ब्यवसायहरु पूर्णरुपमा बन्द गर्नुपर्नेछ ।सीडीओ कार्यालयले निजि तथा सार्वजनिक सवारी साधन सञ्चालन गर्न भने नपाईने जनाएको छ ।

निषेधित कार्यहरु

सार्वजनिक भेला, जमघट, समारोह सम्बन्धमा
क) सबै प्रकारका भेला सम्मेलन, धार्मिक, सांस्कृतिक, सामाजिक गतिविधिहरु गर्नका लागि हुने जमघटहरु गर्न गराउन नपाइने ।
ख) सार्वजनिक खेलकुद, नाच, मेला, जात्रा, महोत्सव, भोजभतेर र हाटबजार तथा भीडभाड हुने कुनै पनि कार्यक्रम सञ्चालन गर्न गराउन नपाइने ।
ग) मन्दिर, गुम्बा, चैत्य, बिहार, मस्जिद, चर्च आदिमा नित्यपुजा बाहेक सामूहिक भेला हुने खालका कुनै पनि कार्यक्रम गर्न गराउन नपाइने
घ) कुनै पनि प्रकारका सभा, गोष्ठी, तालिम, सेमिनार, जुलुश वा प्रदर्शन जस्ता कार्य गर्न गराउन नपाइने ।
ङ) खेलकुदस्थल, मनोरन्जन स्थल, शारीरिक सुगठन गर्ने स्थल, स्वीमिङ्ग पुल तथा जिमखाना, (फिटनेस सेन्टर) सामुहिक खेलकुद, होटल रेष्टुरेन्ट, गेष्ट हाउस पार्टी प्यालेस, सैलुन तथा ब्युटिपार्लरहरु सञ्चालन गर्न नपाइने ।
च) विद्यालय, कलेज, ट्युसन सेन्टर, तालिम केन्द्र लगायतका संस्थामा विद्यार्थी शिक्षक भौतिक रुपमा भेला भई गराइ सिकाइ गतिविधि संचालन गर्न नपाइने ।

सार्वजनिक तथा नीजि सवारी संचालन सम्बन्धमा
क) सार्वजनिक तथा नीजि यात्रुवाहक सवारी साधन संचालन गर्न नपाइने

Screen Shot 2021-06-24 at 18.44.27.png

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
१५%४%१०%१०%

प्रतिक्रिया दिनुहोस