२०८१ बैशाख १३, बिहिबार
नयाँ
पछिला अपडेट

एसपी केसिको नेतृत्वमा तेह्र महिनामा ७ करोड राजस्व संकलन

२०७८ अषाढ १०, बिहिबार प्रकाशित ( साल अघि) २२२९ पाठक संख्या

परासी । पश्चिम नवलपरासीमा प्रहरीले तेह्र महिनाको अवधिमा करिव ७ करोड बराबरको राजस्व संकलन गर्न सफल भएको छ ।

जिल्ला प्रहरी कार्यलय नवलपरासीले विभिन्न मितिमा करिब ७ करोड बराबरको राजस्व संकलन गर्न सफल भएको हो ।

प्रहरी कार्यलयमा जिम्मेवारी सम्हालेका प्रहरी उपरिक्षक अजय केसिले आउने बित्तिकै आफ्ना मातहतका सबै युनिटहरुलाई चुस्तदुरुस्त डिउटी गर्न निर्देशन दिनुभएको थियो। आफुले डिउटीमा कुनै किसिमको कम्प्रोमाईज नगर्ने, कसैले गलत गरेको भेटिएपनि ठाउँको ठाउँ कारवाही गर्ने समेत उहाँको भनाई थियोे ।

सोही क्रममा जिल्लाका बर्दघाट , बेल्लारी ,सेमरी अमानिगन्ज , सुनौल ,महेश्पुर लगायत विभिन्न युनिटबाट करिव तेह्र महिनाको अन्तरालमा विभिन्न शिर्षकमा करिव ७ करोड बराबरको राजस्व संकलन गर्न सफल भएको सूचना अधिकारि प्रहरी नायव उपरिक्षक राजु लामाले जानकारी दिनुभयो ।

प्रहरी नायव उपरिक्षक लामाका अनुसार नवलपरासी पश्चिम प्रहरीले जिल्लाका बिभिन्न स्थानबाट यस अवधिमा ६ करोड ६९ लाख ५७ हजार ५ सय ८३ मुल्य बराबरको भन्सार छली बिभिन्न अवैध मालसामान हरियो केराउ, छोडा, मरिच, खाद, हाडवरको सामान, कपडा, मोबाईल लगायतका ईलेक्ट्रोनिक सामान, सवारी साधनका पार्टपुर्जा आदि बरामद गरी आवश्यक कारवाहीको लागि भन्सार कार्यालयमा बुझाएको छ ।

त्यसै गरी प्रहरीले जिल्लाका बिभिन्न स्थानबाट ३ लाख २३ हजार ८ सय ४० मुल्य बराबरको अवैध काठ बरामद गरी आवश्यक कारवाहीको लागि सम्बन्धित डिभिजन बन कार्यालयमा बुझाएको छ साथै यस अवधिमा प्रहरीले जिल्लाका बिभिन्न नदि तथा खोलाबाट नदीजन्य पदार्थको अवैध उत्खननमा संलग्न १०० वटा ट्याक्टर,३ टिपर र २ वटा स्काभेटर समेत गरी जम्मा १०५ वटा सवारी साधन पक्राउ गरी आवश्यक कारवाहीको लागि सम्बन्धित स्थानीय तहमा बुझाएको प्रहरी नायव उपरिक्षक राजु लामाले जानकारी दिनुभयो ।

जसबाट २६ लाख ८१ हजार ७ सय १२ मुल्य बराबर राजश्व दाखिला भएको छ । यसरी यस अवधिमा अवैध मालसामान, काठ तथा अवैध नदीजन्य पदार्थ उत्खनन् कारवाही गरी कुल जम्मा ६ करोड ९९ लाख ६३ हजार १ सय ३५ मुल्य बराबरको राजश्व दाखिला भएको छ ।

पश्चिम नवलपरासी प्रहरी प्रमुखको करिब तेह्र महिना कार्यकाल पछि सरुवा भएर जान लाग्नुभएका प्रहरी उपरिक्षक अजय केसिको हिजो बिदाई कार्यक्रम भएको थियो । एसपी केसिको सरुवा भएपछि नवलपरासीमा नयाँ एसपीको रुपमा मनोज कुमार यादव आउनुभएको छ ।

 

 

 

 

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
४%३%१%

प्रतिक्रिया दिनुहोस