२०८० चैत्र १५, बिहिबार
नयाँ
पछिला अपडेट

देवचुली नगरपालीकाको बजेट ६२ करोड २७ लाख ७८ हजार

२०७८ अषाढ १०, बिहिबार प्रकाशित ( साल अघि) १६५७ पाठक संख्या

198244490_329025502013567_7095116072336679503_n

देवचुली । पुर्वी नवलपरासीको देवचुली नगरपालिकाको आर्थिक वर्ष २०७८र७९ का लागि अनुमानित आय व्ययसहितको कुल ६२ करोड २७ लाख ७८ हजार रुपैयाँ बराबरको बजेट सार्वजानिक गरेको छ ।

बिहिबार आठौं नगर सभा मार्फत देवचुली नगरपालिकाका उपमेयर पार्वता तिवारीले संघीय सरकार, प्रदेश सरकारबाट अनुदान तथा सहयोग र नगरपालिकाको अनुमानीत आन्तरिक आम्दानी सहित कुल ६२ करोड २७ लाख ७८ हजार रुपैयाँ बराबरको बजेट सार्वजानिक गरेकी हुन् ।

जसमध्ये आयतर्फ सङ्घीय सरकारको सशर्त अनुदानबाट २७ करोड ९४ लाख, संघीय सरकारबाट वित्तिय सभानीकरण अनुदानबाट १४ करोड ४२ लाख, समपुरक अनुदानबाट ६९ लाख, बिशेष अनुदानबाट ८३ लाख र राजस्व बाँडफाँडबाट ९ करोड ११ लाख १२ हजार आम्दानी हुने अपेक्षा गरिएको छ ।

त्यसैगरी गण्डकी प्रदेश सरकारबाट वित्तिय समानिकरण अनुदान अन्तर्गत १ करोड ७२ लाख ५२ हजार र राजस्व बाँडफाँडार्फत १ करोड ६ हजार आम्दानी हुने अनुमान गरिएको छ । त्यसैगरी नगरपालिकाको आन्तरिक आयतर्फ २ करोड ५० लाख, मालपोत रजिष्ट्रेसन शुल्कबाट २ करोड ६० लाख र चालु आर्थिक बर्षको बैकं मौजातबाट १ करोड ४२ लाख ८ हजार आम्दानी हुने अनुमान गरिएको छ ।

त्यसैगरी आर्थिक वर्ष व्ययतर्फ चालु खर्च ३४ करोड ७३ लाख ७८ हजार ३ सय २० रुपैयां अथार्त ५५ दशमलब ७८ प्रतिशत र पुजीगत खर्च २७ करोड ५३ लाख ९९ हजार ६ सय ८० अर्थात ४४ दशमलब २२ प्रतिशत विनियोजन गरिएको छ ।

कुल विनियोजित निसर्त बजेटमा बिषयगत क्षेत्र अन्तर्गत सामाजिक विकास क्षेत्र तर्फ १२ दशमलब ८७ प्रतिशत, आर्थिक विकास क्षेत्र तर्फ ५ दशमलब ४९ प्रतिशत, पुर्वाधार विकास क्षेत्र तर्फ ४१ दशमलब ७५ प्रतिशत, वन वातावरण तथा विपद क्षेत्र तर्फ ६ दशमलब ४७ प्रतिशत तथा संस्थागत क्षेत्र तर्फ ३३ दशमलब ४२ प्रतिशत बजेट विनियोजन गरेको छ ।

त्यसैगरि देवचुली नगरपालिकाले कोभिड १९ र यस्तै विपद व्यवस्थापनका लागि १ करोड ५० लाख बजेट विनियोजन गरेको छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
३%

प्रतिक्रिया दिनुहोस