२०८० चैत्र १६, शुक्रबार
नयाँ
पछिला अपडेट

नवलपुरमा बुधवार २८ जनामा कोरोना संक्रमण पुष्टि

२०७८ अषाढ ९, बुधबार प्रकाशित ( साल अघि) १९१४ पाठक संख्या

कावासोती । नवलपुरमा बुधवार २८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । आज संक्रमित २८ मध्ये सबैभन्दा बढी हुप्सेकोट गाउँपालिकामा ८ जनामा संक्रमण पुष्टि भएको छ ।

यस्तै देवचुली नगरपालिकामा ७ जना, मध्यबिन्दु नगरपालिकामा ५ जना, गैंडाकोट नगरपालिका र मध्यबिन्दु नगरपालिकामा ३र३ जना, विनयी त्रिवेणी गाउँपालिका र बुलिंगटार गाउँपालिकामा १र१ जनामा संक्रमण पुष्टि भएको छ ।

यस्तै आज जिल्लामा सबैभन्दा बढी गैंडाकोट नगरपालिकामा १५ जना कोरोना मुक्त भएका छन् । यस्तै कावासोती नगरपालिकामा १४ जना, विनयी त्रिवेणी गाउँपालिकामा ७ जना, देवचुली नगरपालिका र मध्यबिन्दु नगरपालिकामा २र२ जना कोरोना मुक्त भएको बताइएको छ ।

बुधवार थप १ जनाको मृत्यु भएको छ । यो संगै बैशाख यता जिल्लामा कोेरोनाका कारण ७८ जनाले ज्यान गुमाएका छन् ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
१%१%१%

प्रतिक्रिया दिनुहोस