२०८० चैत्र १५, बिहिबार
नयाँ
पछिला अपडेट

कावासोतीमा थप १ जना कोरोना संक्रमितको निधन

२०७८ अषाढ ९, बुधबार प्रकाशित ( साल अघि) १९७४ पाठक संख्या

कावासोती ।  नवलपुरमा कोरोना संक्रमणबाट थप एक जनाको मृत्यु भएको छ । कावासोती नगरपालिका १ निवासी ६२ बर्षीय पुरुषको उपचारको क्रममा भरतपुरमा मृत्यु भएको हो  ।

उनलाई निमोनियाको बिरामी भई जेष्ठ २८ गते मध्यबिन्दु जिल्ला अस्पताल डण्डामा भर्ना भएका थिए ।

उनको जिल्ला अस्पताल भर्ना भएकै दिन पिसिआर परिक्षण गर्दा उक्त दिननै कोरोना पोजेटिभ देखिएको थियो ।

उनको असार ६ गते थप उपचारका लागि नयाँ मेडिकल कलेज भरतपुर लगिएकोमा भरतपुरमानै गएराती   उपचारको क्रममा निधन भएको स्वास्थ्य कार्यालय नवलपुरले जनाएको छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
४%१%८%

प्रतिक्रिया दिनुहोस