२०८१ बैशाख १३, बिहिबार
नयाँ
पछिला अपडेट

नवलपुरमा जंगली च्याउ खाएर दुई जना विरामी

२०७८ अषाढ ९, बुधबार प्रकाशित ( साल अघि) २११० पाठक संख्या

कावासोती । नवलपुरमा जंगली च्याउ खाएर दुई जना विरामी परेका छन् । मंगलबार जंगलबाट ल्याएको च्याउ खाएपछी उनीहरु विरामी परेका हुन् ।

हुप्सेकोट गाउँपालिका – ४ स्थित जंगलबाट ल्याएको च्याउँ खाँदा स्थानीय निवासी २४ बर्षीय कनमाया राना र सोही ठाउँका २४ बर्षीय प्रिती खड्का विरामी परेको प्रहरीले जनाएको छ ।

विरामी परेका दुबैलाई अहिले मध्यविन्दु जिल्ला अस्पतालमा उपचार भईरहेको जिल्ला प्रहरी कार्यालय नवलपुरले जनाएको छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
१%१%२%२%

प्रतिक्रिया दिनुहोस