२०८१ बैशाख ७, शुक्रबार
नयाँ
पछिला अपडेट

नवलपुरमा लागुऔषध सहित १ जना पक्राउ

२०७८ अषाढ ९, बुधबार प्रकाशित ( साल अघि) ३३४१ पाठक संख्या

कावासोती । नवलपुरमा प्रहरीले ठूलो परिमाणमा प्रतिबन्धित लागुऔषध सहित एक जनालाई पक्राउ गरेको छ ।

मंगलबार प्रहरी टोलीले साझ ६ बजे कावासोती नगरपालिका – १६ डण्डा स्थित पूर्वपश्चिम राजमार्गमा चेकजाँच गर्ने क्रममा प्रहरीले पश्चिमबाट पूर्व आउँदै गरेको प्र.नं.३–०२–०१५ प ३५९५ नम्बरको मोटरसाइकललाई चेकजाँच गर्ने क्रममा मोटरसाइकल चालकलाई  प्रतिबन्धित लागुऔषध सहित पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय नवलपुरमा कार्यरत प्रहरी निरीक्षक मधुसुदन सिंहले जानकारी दिनुभयो ।

गोरखा जिल्ला पृथ्बिनारायण नगरपालिका वडा नं. ८ बस्ने ३० वर्षिय दिनेश खत्रीलाई लागुऔषध सहित पक्राउ गरेको प्रहरीले जनाएको छ ।

प्रहरीले खत्रीको साथबाट प्रतिबन्धित लागुऔषध फेनरागन २ सय एम्पुल, डाईजोपाम २ सय एम्पुल र नुफिन २ सय एम्पुल लगाएतका विभिन्न लागु औषध बरामद गरेको छ ।

पक्राउ परेका खत्रीलाई जिल्ला प्रहरी कार्यालय नवलपुरमा राखेर थप अनुसंधान भैरहेको छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
८%२%६%२%१%

प्रतिक्रिया दिनुहोस