२०८० चैत्र १६, शुक्रबार
नयाँ
पछिला अपडेट

नवलपुरको पहाडीक्षेत्र डेढगाउँमा पुल भत्किएपछि खाद्यान्न संकट

२०७८ अषाढ ८, मंगलबार प्रकाशित ( साल अघि) २१३७ पाठक संख्या

नारायण शर्मा

कावासोती । डेढगाउँ पुल भत्किएपछि पहाडी भेगमा खाद्यान्न संकट सुरु भएको छ । तनहुँ र नवलपरासीको पहाडी उत्तरी भूभाग जोड्ने कालीगण्डकी नदीमाथि रहेको पुल भत्किएको एक सातामै खाद्यान्न संकट भएको हो ।

तनहुँको रिसिङ र नवलपरासीको डेढगाउँ बीचमा रहेको कालीगण्डकी नदीमाथि रहेको पक्की पुल बाढीले एक साताअघि भत्काएपछि त्यहाँ आउजाउ बन्द भएको छ ।

तनहुँको दुलेगाैंडा र अन्य बजारबाट खाद्यान्न लगायतका सामाग्री आपूर्ति भएर पहाडी जनजीवन धानिँदै आएको थियो । नवलपरासीकै दक्षिणी भूभागमा पर्ने खोलामा रहेको पुल बाढीले बगेपछि यहाँबाट खाद्यान्न लगायतका सामाग्री ढुवानी हुन सकेको छैन ।

पुल भत्किएका कारण दुर्गम भेगका डेढ लाख भन्दा बढी स्थानीयलाई खाद्यान्न लगायतका समाग्री अभाव भएको हो । दुर्गममा उब्जिएको अन्नपातले वर्षभरि खान नपुग्ने हुदा चामल, मकै कोदो, गहुँ लगायत किनेर जोहो गर्न पर्ने अवस्थामा स्थानीय रहेका छन् ।

‘पहाडमा खाद्यान्न संकट भइसक्यो’, डेढगाउँका प्रदेशसभा सदस्य विष्णु लामिछानेले भने, ‘पुल चाँडो मर्मत गरेर यातायात सञ्चालन गर्न नसके स्थानीयहरु भोकमरीमा पर्ने जोखिम बढेको छ ।’

लामिछानेले पुलको मर्मत सम्भारका लागि संघीय सडक निर्देशनालय पोखराका निर्देशक देवकुमार तामाङसँग सोमबार दमौलीमा छलफल गरेका छन् ।

तामाङले सोमबार नै दुई जना प्राविधिक खटाएर पुलको अवस्थाका बारेमा सर्भे गर्न खटाएको जानकारी टेलिफोनमा जानकारी दिए । उनले पुल मर्मतको काम तत्काल अघि बढाउन सडक डिभिजन कार्यालय दमौलीलाई निर्देशन दिएका छन् ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
१%१%१%५%

प्रतिक्रिया दिनुहोस