२०८१ बैशाख १३, बिहिबार
नयाँ
पछिला अपडेट

नवलपरासीमा असार १४ गतेसम्म निषेधाज्ञा थप : सिमित सेवा प्रवाह गरिने

२०७८ अषाढ ७, सोमबार प्रकाशित ( साल अघि) ३५९८ पाठक संख्या

विकास चापागाँई 

परासी, असार ७ । पश्चिम नवलपरासीमा एक हप्ताका लागि छैठौं पटक निषेधाज्ञा थप गरिएको छ । जिल्ला कोभिड व्यवस्थापन समिति र जिल्ला सुरक्षा समितिको निर्णय अनुसार असार ७ गते राती १२ बजेदेखि असार १४ गते राती १२ बजेसम्मका लागि निषेधाज्ञा थप गर्ने निर्णय गरिएको छ ।

स्वास्थ्य मापदण्ड पालन गर्दै आर्थिक गतिविधि बढाउने उद्येश्यले निषेधाज्ञा यसअघिको मोडालिटिलाई निरन्तरता दिइएको छ । अब जिल्ला स्थीत मालपोत तथा नापी कार्यालयमा न्युनतम कर्मचारीको उपस्थीतीमा बैंक तथा वित्तीय संस्थासँग सम्बन्धीत रोक्का तथा फुकुवा सेवा प्रवाह गरिने भएको छ ।

यसअघि कै निर्णय अनुरुप हरियो तरकारी, फलफूल, खाद्यन्न, दुध, माछा/मासु, अण्डा, एग्रोभट, विउविजन, रासायनिक मल, खाना पकाउने ग्यास, लगायतका दैनिक उपभोग्य सामान विक्री वितरण गर्ने पसल व्यवसायहरु तथा स्टेशनरी पसल मात्र विहान ५ देखि दिउँसो २ बजेसम्म खोल्न पाइने भएको छ । तर हाटबजार, मण्डी जस्ता भिडभाड हुने स्थानमा विक्री वितरण गर्न भने पाइने छैन ।

यस्तै बैंक तथा वित्तिय संस्थाले भौतिक दुरी कायम गरि जनस्वास्थ्यका मापदण्ड पालना गर्दै कार्यरत कर्मचारीको आधा कर्मचारीबाट दैनिक विहान १० देखि दिउँसो ३ बजेसम्म सेवा प्रवाहलाई निरन्तरता दिइएको छ ।

जिल्लामा नयाँ भेरिएन्टसहितको कोरोना भाइरस संक्रमण तिव्रगतिमा फैलिन थालेपछि बैशाख २१ गतेदेखि निषेज्ञाधा जारी भएको हो । यसअघि गत बैशाख ३१ देखि जेठ १५ सम्म दोश्रो पटक, जेठ १५ देखि २२ गतेसम्मका लागि तेश्रो पटक, जेठ २२ देखि ३१ गतेसम्म चौथो पटक र जेठ ३१ देखि असार ७ गतेसम्मका लागि निषेधाज्ञा थप गरिएको थियो ।

निषेधाज्ञाका कारण सङ्क्रमण फैलिएर भयावह अवस्था आउनबाट रोकेको तर अहिले पनि जोखिम कायमै रहेकाले निषेधाज्ञा थप्ने निर्णय भएको जिल्ला प्रशासन कार्यालय पश्चिम नवलपरासीले जनाएको छ ।

प्रशासनले जारी गरेको सूचना :

May be an image of text

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
७%२%४%२%

प्रतिक्रिया दिनुहोस