२०७९ मंसिर १८, आईतबार
नयाँ
पछिला अपडेट

विपदलाई रोक्न सकिन्न तर न्यूनीकरण गर्न सकिन्छ :- प्रमुख जिल्ला अधिकारी पंगेनी

२०७८ अषाढ ७, सोमबार प्रकाशित ( साल अघि) १६३७ पाठक संख्या

कावासोती । नवलपुर जिल्लामा विपद व्यवस्थापनको तयारी कस्तो छ त ? नवलपुर जिल्लाकी प्रमुख जिल्ला अधिकारी मनमायाँ पंगेनी सँग नवलपुरन्युज सहकर्मी निशा भण्डारीले लिनुभएको अन्तरवार्ता ..!!

१. नवलपुर जिल्लामा विपद व्यवस्थापनको लागी के-कस्ता कार्यहरु भैईरहेका छन ?

नवलपुर जिल्लामा विपद व्यवस्थापन समिती छ । समितीले पहिलो विपद पूर्व तैयारी तथा प्रतिकार्य योजना बनाएर पास गरेको छ भने दोस्रो मौसम पूर्व तयारी प्रतिकार्य योजना बनाएको छ । विपद व्यवस्थापन समितिको बैठक बसेर जोखिम न्यूनिकरण गर्न के के गर्ने र मानव क्षति हुन नदिन के कस्ता कार्य गर्नु पर्छ भन्ने हाम्रो छलफल हुने र हामी यसको लागि साथ पूर्व तैयारीमा बसेकाछौ । मुख्य त मानव क्षति हुन नदिनका लागि हाम्रो पूर्व तैयारी छ । यसका साथै विपद उद्दार सामाग्री र  सुरक्षाकर्मीको साथमा तैयारी अवस्थामा हामी बसेका छौ । यसैगरी स्थानीय तहहरुले आ आफनो स्थानमा डोजर र स्काभेटरहरु पनि तैयारी अवस्थामा राख्नु भएको छ । जाहँ बढी जोखिम देखिन्छ त्याहा धेरै सचेत भएर हामी सबै काम गरिरहेका छौ ।

२. बाढि पहिरोको समस्या वर्षेनी हुने गर्छ यसलाई रोकथाम गर्न के कस्ता कार्यहरु प्रशासनले गर्दैछ ?

जलवायु परिवर्तन हाम्रो हातमा छैन । यो प्राकृति विपद हो । मनाङ्गमा ६५ वर्ष पहिलेको घटना हाल फेरी दोहरीएको छ । विपदलाई रोक्न सकिन्न तर न्युनिकरण गर्न सकिन्छ । जोखिम , अति जोखिम र कम जोखिम तिन वटा स्टायन्डर बनाएर नारायणी जलाधारमा तटबन्धको कार्य भएको थियो । अहिले त्यस क्षेत्रमा पानी आयो तर बस्ती बगाएन । यो देखेर हामी आन्नदित भएको छ । यसै गरीअरु क्षेत्रको जोखिम हटाउन पनि हामी तत्पर रहेका छौं ।

३. विपद आउनु पुर्व नागरिकलाई सचेत गराउन के कस्ता कार्य भैईरहेको छ ?

पानी पर्दैछ भनेर जल तथा मौसम विभागबाट सूचना आउँछ । त्यससैगरी जिल्लाको डण्डामा मापन केन्द्र छ । हामीले सञ्चार तथा एसएमएस  प्रणालीबाट सूचना दिने गरेका छौ । एफएमबाट बढीले कटान हुने क्षेत्रमा नजानु भनेर सूचना पनि दिदै आईरहेका छौ । तर अहिले जनता धेरै सचेत हुनु भएको छ । पानी पर्ने सम्भावना देख्ने वित्तिकै आफनो सुरक्षातर्फ जनता लाग्ने गरेका छन । हामीले जिल्लामा उद्दारको सामाग्री तयारी अवस्थामा राखेका छौ ।

४. कोरोना भाइरसको सक्रमण सेलाउन नपाउदै आएको प्रकृति प्रकोपले कति स्थानमा क्षती पुराएको छ ? मृत्यकको सख्या र प्रभावितको सख्या कति छ ?

जिल्लामा मानव क्षती भएको छैन । प्राकृतिक क्षती भएको छ । बौधिकाली क्षेत्रमा कलवट , झुलुंङ्गे पुलहरु र बाटोहरुमा नोक्सानी भएको छ । त्यसको मर्मतको लागि स्थानीय निकाय र सडक डिभिजनसँग समन्वय भैईरहेको छ । यसैगरी  जिल्लाको अमलटारी क्षेत्रमा बिजुलीको पोलहरु पल्टाएको थियो । नोक्सानी पुराएको क्षेत्रमा शनिवार बिजुली बत्ति आईसकेको छ । बहुवन क्षेत्रमा कृषि ब्लक कार्यक्रम अन्तर्गत रहेको लगभग १०० हेक्टर चैते धानलाई नोक्सानी पुगेको छ ।

५. दीर्घकालसम्म नदि कटान रोक्न के कस्ता पहलहरु  गरिँदैछ ?

दीर्घकालिन समाधानको लागि सबैको पहल हुनु पर्छ । नदिमा हुने ढुंगा गिटीलाई वैज्ञानिक तवरले निकाल्नु पर्छ। जताभावि निकाल्दा दुर्घटना हुन सक्छ र ठूलो नोक्सानी बोहर्नु पर्छ । प्राकृति प्रकोपको तरिका फरक फरक तवर छ । त्यसैले यसलाई रोकथामको लागी फरक नीति नै अपनाउनु पर्छ ।

६. स्थानीय जनतालाई  विपद सम्बन्धि केहि सल्लाह सुझाव दिन चाहन्नु हुन्छ ?

महामारी र प्राकृति विपद सँगै छ । हामी सबै सचेत हुन आवश्यक छ। जथाभावि निस्कनु भएन । माछा मार्न र दाउरा निकाल्न खोलामा जानु भएन ।  आफनो क्षेत्रमा सबैलाई खबरदारी गर्नु पर्छ । यो समयमा खहरे खोला उर्लेर आउने भएकोले आफै सावधान हुनु पर्छ । आफनो क्षेत्रमा अनावश्यक गिटी बालुवाको दोहन भैईरहेको छ भने खबरदारी गर्दै स्थानीय प्रशासनलाई जानकारी दिनु पर्छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
५%२%

प्रतिक्रिया दिनुहोस